एनआरएन नर्वेको अध्यक्षमा संजीव थापा बिजयी


गैरआवासीय नेपाली संघ नर्वेको अध्यक्षमा संजीव थापा निवार्चित भएका छन् । संघको पाँचौ अधिवेसनमा नयाँ नेतृत्वका लागि शनिवार भएको र्निवाचनमा अध्यक्षका प्रत्यासी नयन मल्ललाई पराजित गर्दै थापा बिजयी भएका हुन् ।थापाले ९० मत र मल्लले ७५ मत प्राप्त गरे ।

यस्तै अधिवेसनले एनआरएन आइसीसी सदस्यमा द्धारिका महर्जनलाई प्रस्ताबित गरेको छ भने संघको प्रथम उपाध्यक्षमा सालिग्राम अर्याल, द्धितिय उपाध्यक्षमा सुरेन्द्र स्यात्रे, महासचिबमा राजु अर्याल, सचिव दीपक महत, कोषाध्यक्ष बिना नेवार श्रेष्ठ, महिला संयोजक डा सबिता महर्जन, युवा संयोजकमा नीलकण्ठ अर्याल, र्निविरोध भए । यस्तै कार्यसमितिको सदस्यहरुमा प्रदिप अधिकारी, बिकाश दवाडी, अनुप गुप्ता, पबित्र बस्नेत, विष्णुमाया अधिकारी चयन भएका छन् ।IMG_4106अधिवेसनमा प्रमुख अतिथिको रुपमा उद्धघाटन गर्दै गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्यले युरोपमा राष्ट्रिय समन्वय परिषद् सकृयता बढ्दै गएको भन्दै प्रशंसा गरे ।संघको जुलाई अन्तिमसाता फ्राङफोर्डमा हुने क्षेत्रिय सम्मेलनमा सहभागी भई सफल पार्न आचार्यले आग्रह समेत गरे।IMG_4104