म्याड्रिडमा नेपालीहरु फुटबल खेल्दै रमाए


म्याड्रिड/ फुटबलका लागि सपनाको देश मानिने स्पेनमा रहेका नेपालीहरुले मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेका छन्। एनआरएनए स्पेन स्थित क्षेत्रीय समिति म्याड्रिडले आईतबार फुटबल प्रतियोगिता सम्पन्न गरेको हो। भर्खरै निर्बाचित नयाँ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा म्याड्रिडबासी नेपालीहरुले सहभागिता जनाएका थिए। युवा बर्गलाई लक्षित गर्दै सम्पन्न प्रतियोगितामा ४ समुहले भाग लिएका थिए।19114609_1583007631718642_1493232558_nगैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीले प्रतियोगिताको उद्घघाटन गर्दै यस्ता खेलहरुले नेपालीहरु बिच झनै आत्मियता बढ्ने बताए। क्षेत्रीय समितका अध्यक्ष उत्तर राईले आउँदा दिनमा पनि अझै रचानात्मक काम गर्ने प्रतिबद्दता ब्यक्त गर्दै प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकोमा नेपाली समुदायलाई कृतज्ञता ब्यक्त गरे।19113460_1583007755051963_929083901_n