बार्सिलोनामा घामपानी लाग्यो


बार्सिलोना/ बार्सिलोनामा नेपाली चलचित्र घामपानी प्रदर्शन भएको छ। पछिल्लो समयमा स्पेनमा नयाँ नेपाली चलचित्रहरु प्रदर्शन हुने क्रम बढिरहेको बेला घामपानी प्रदर्शन भएको हो।नेपालोना ईभेन्टले सोमबार सिनेमा जिरोनामा चलचित्र देखाउँदा स्पेनबासी नेपालीहरुको उपस्थिति रह्यो।

फिल्ममा दयाहाङले फुर्वा तामाङ नामक पात्रको भूमिका निर्वाह गरेका छन्। फुर्वाको तारा शर्मा नामक युवतीसँग प्रेमसम्बन्ध हुने कथा फिल्ममा छ। ताराको भूमिकामा केकी अधिकारीलाई देखिन्छ। फिल्म समिक्षक दीपेन्द्र लामाले ‘घामपानी’मार्फत् पहिलोपटक निर्देशनमा हात हालेका हुन्।IMG_0308नेपालको पर्यटन प्रवद्वनका लागि चलचित्र देखाउनु अगाडि बिशेष सामाग्री प्रदर्शन गरिएको आयोजक मध्येका एक साइग्रेसले जानकारी दिए। यस अघि नेपालोनाले चलचित्र लुट २ पनि देखाएको थियो भने नेपाली समुदाय माँझ फुटबल प्रतियोगिता समेत सम्पन्न गरेको थियो।IMG_0268