अनुपममा चारलाई सम्मान, नृत्यको उपाधि सिर्जना बालगृहलाई


पोखरा -अनुपम म्युजिक पोखराले चौथो अनुपम साङ्गीतिक साँझको अवसर पारेर चार जनालाई सम्मान गरेको छ ।
शनिबार सम्पन्न कार्यव्रmममा अनुपम म्युजिक अवार्ड सङ्गीतकार किरण कँडेललाई नगद ८ हजार ८८८ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ ।

यस्तै, अनुपम सङ्गीत सम्मान गायक विवेक श्रेष्ठ र गीतकार वसन्ती लालचनलाईं प्रदान गरिएको छ भने तीर्थहरि समाजसेवा अवार्ड पाहार ट्रस्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङलाई प्रदान गरिएको छ । सम्मानित व्यक्तित्वहरुलाई सम्मान गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले पोखरा आएर फर्केपछि आफूलाई नयाँ कार्य योजनाको सोच फुर्ने बताउनुभयो । पोखराको सिर्जनशीलताबाट निकै प्रभावित भएको बताउँदै थापाले अनुपमले गरेको कार्यव्रmमले नयाँ र स्थापितलाई एक साथ हौसला प्रदान गरेको राय दिनुभयो । कार्यव्रmमको प्रबद्र्धकसमेत रहेको संस्थानका महाप्रबन्धक थापाले पोखरामा हुने जुनसुकै वाङ्मयिक कार्यमा सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो ।

सोही अवसरमा सम्पन्न बालगृह सन्जाल कास्कीको समन्वयमा सम्पन्न अन्तर बालगृह एकल नृत्य प्रतियोगितामा सिर्जना बालगृहकी कृषा बुढाथोकीले उपाधीसहित नगद १० हजार हात पार्नुभएको छ । यस्तै, एस. ओ. एस. बालग्राम गण्डकीकी आरतीमाया गोले र स्टार चिल्ड्रेन होमकी सीमा केसी व्रmमशः दोस्रो र तेस्रो तथा एस. ओ. एस. बहिनी कास्कीकी अमिसा दाहाल र शुभअवसर बालग्रामकी प्रतिका तामाङ सान्त्वना हुनुभएको थियो ।

कार्यव्रmम संयोजक तथा संस्थाका प्रबन्ध निर्देशक अनुराग अधिकारीले स्वागत गर्दै अनुपमका सम्पूर्ण कार्यव्रmमहरु २०७७ देखि विशेष बनाउने उद्घोष गर्नुभयो । सो अवसरमा संस्थाका संरक्षक वीरेन्द्र पालिखे, प्राज्ञ हरिदेवी कोइराला, मुख्य प्रायोजक सूर्योदय सपिङ सेन्टरका प्रोप्राइटर गीतकार श्याम गुरुङ, समाजसेवी रामबहादुर कोइरालालगायतले सम्मान र पुरस्कार वितरण गर्नुभएको थियो । अनाथ बाल गायक सुदिप गुरुङको गीत रेकर्डिङ र म्युजिक भिडियो निर्माण गर्ने उद्देश्यले आयोजित कार्यव्रmममा समाजसेवी चन्द्रबहादुर गुरुङले आफूले पाएको अवार्डको रकममा १५ हजार रुपैयाँ थपेर संस्थालाई प्रदान गर्नुभएको थियो भने तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखेले ५० हजार रुपैयाँको चेक प्रबन्ध निर्देशक अनुराग अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

कार्यव्रmममा गायक विवेक श्रेष्ठ, कर्म ग्याल्छेन, रामभक्त जोजिजू, ध्रुव तामाङ, रोशनी गुरुङ, सन्तोष प्रधान, श्रीधरण कँडेल, लक्ष्मी गिरी, किरण कँडेल, सुदिप गुरुङलगायतले आफ्ना साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो । कार्यव्रmमको सञ्चालन सञ्चारकर्मीद्वय रुपिन्द्र प्रभावी र गोविन्द्र सिन्जालीले गर्नुभएको थियो ।