स्केटिङ लवरद्धारा पोखरामा अन्तराष्ट्रिय स्तरको स्केटिङ सेन्टर निर्माण


राजाराम पौडेल,पोखरा -खेलले सम्बन्धलाई जोड्छ । एक अर्काप्रति आत्मियता बढाउछ । सबै मिलेर लक्ष्य पुरा गर्न सुझाउछ पनि । विभिन्न खेलप्रेमीहरु आफुलाई रुचि भएको तथा मन परेको खेलको प्रर्वद्धनमा विभिन्न तरिकाले जुट्ने गरेका छन् । यस्तैमा स्केटिङ खेलप्रति लगाव भएकाहरुको समुह यो खेलको प्रर्वद्धन गर्दै स्केटर्सको उत्पादन बढाउन लागि परेको छ ।
उनीहरुकै पहलमा नेपालमानै पहिलोपटक पोखरामा अन्तराष्ट्रिय स्तरको स्केटिङ सेन्टर निर्माण भएको छ । स्केटिङ खेलप्रति लगाव भएकाहरुको संस्था मेक लाइफ स्केफ्ट लाइफ मा आवद्ध विदेशीहरुको सम्लग्नतामा सेन्टर निर्माण भएको हो । २१ दिनमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरु गरेका उनीहरुले निर्धारित समयमानै स्केटिङ सेन्टरको निर्माण सम्पन्न गरी क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरे ।

DSC_3125
सेन्टर निर्माणमा रसिया, अमेरिका, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, भारत, स्विडेन, बेलायत, फ्रान्स, पोर्चुगल लगाएतका विभिन्न २० देशबाट आएका ५० जना भन्दा बढी विदेशी खटिएका थिए । विदेशका प्रोफेसनल स्केर्टसको समेत निर्माणमा सहभागीता थियो ।

यसलाई साकार पार्न अन्तराष्ट्रिय स्केटिङ संघ र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले सहकार्य गरेको थियो । सेन्टरको नाम अन्नपुर्ण स्केटपार्क राखिएको छ ।

DSC_3158
आगामी सन् २०२० मा जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिकमा पहिलो पटक स्केटिङ समाबेस हुन लागेकाले अन्तराष्ट्रिय स्केटिङ संघले खेल विस्तारमा जुटेको हो । अन्तराष्ट्रिय स्केटिङ संघको सहयोगले नेपाली खेलाडी उत्साहीत बनेकोले नेपालको स्केटिङको विकासमा यस्ले टेवा पु¥याउने पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलको विश्वास छ । पोखरालाई स्केटको हब बनाउने लक्ष्य राखिएको पौडेलले बताए ।

यसअघि नेपालमा काठमाडौँ र पोखरामा नीजिस्तरबाट स्केटिङको सामान्य विकास भएको थियो । पोखरा रङ्गशालामा निर्माण भएको स्केटिङ सेन्टले सरकारलाई स्केटिङ विकासमा लाग्न बाध्य तुल्याउने खेलाडीहरुको प्रतिक्रिया छ ।
क्यालिफोनियाका जोन चोकोनसको नेतृत्वमा आएको टोलीले छैटौ प्रोजेक्टको रुपमा पोखरामा यसलाई निर्माण गरेका हुन् । यसअघि भारत, बोलेभिया, जोर्डन, इथोपिया, म्यानमारस्केट सेन्टर निर्माण गरेको जोनले बताए ।

नेपाल लगायत विश्वमानै स्केटिङ खेलको भविष्य राम्रो रहेको बेल्जियमकी किमले बताइन् । पुर्वाधार नभएको ठाउँमा स्केटिङ सेन्टर बनाउने अभियान जारी रहेने उनले जनाइन् । पोखरामा बनेको स्केटिङ सेन्टर २२ हजार डलरको लागतमा निर्माण सम्पन्न भएको हो । नगद र श्रम अन्तराष्ट्रिय स्केटिङ संघले नै जुटाएको संघका अप्रेसन म्यानेजर जोन चोकोनसले बताए । सेन्टर निर्माणले स्केटर्स उत्पादन बढाउने अपेक्षा गरिएको छ । पोखरामा यसअघि निजि स्तरमा रामकृष्ण कोइरालाले स्केटिङ सेन्टर सञ्चालनमा ल्याएका थिए । कान्तिपुर पब्लिकेशन प्रालिद्धारा प्रकाशित “साप्ताहिक” मा छापिएको छ ।

DSC_3138