डेनमार्क पुगेका नयाँ राजदूत लम्सालले भने:-”नेपाल र नेपालीको हितमा काम गर्छु”


महेसकुमार खाती, कोपनहेगन

डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले नेपाल देश र नेपाली समुदायको शीर उँचो हुने गरी आफुले काम गर्ने प्रतिवद्धता जनाएका छन् । हालैमात्र डेनमार्कको लागि राजदूतको रुपमा कोपनहेगनमा आएका उनले देशको हितमा सकेजति कुटनीतिक क्षेत्रबाट आफुले काम गर्ने बताएका हुन् ।

गैरआवासीय नेपाली संघ एनआरएन डेनमार्कले आइतबार कोपनहेगनमा गरेको स्वागत कार्यक्रममा नवनियुक्त राजदुत लम्सालले भने, ‘मैले हाम्रो देश नेपाल र नेपालीहरुको शीर उँचो हुने खालको काम मात्र गर्नेछु,यहाँ भएका नेपालीहरुको हितमा सकेको गर्नेछु ।’

आफुलाइ सहयोग गर्न डेनमार्कमा रहेका नेपालीहरुलाई राजदूत लम्सालले आह्वान समेत गरे । “देशको तर्फबाट तपाइहरु सबै पदविनाको राजदुत हो, सबैले नेपाल र नेपालीहरुको हितमा काम गरौ” भन्दै उनले नेपाली समुदायको साथ र सहयोग लिएर अघि बढ्ने कुरामा जोड दिए ।19398015_1715252915169088_2000148408_nकेहि महिना अघि मात्र दूतावासमा आएका उपनियोग प्रमुख डोरनाथ अर्यालले पनि सबैसँग सहकार्य गरेर दूतावासले कार्य गर्ने बताए । स्वागत कार्यक्रममा एनआरएनका आइसीसी सदस्य सोम सापकोटा,एनआरएन डेनमार्ककका पूर्व अध्यक्षद्धय दीपक सापकोटा र मोहन मिश्र, जनसम्पर्क समिति डेनमार्कका सभापति विरेन्द्रसिंह कार्की, नेपाली जनप्रगतिशील मञ्चका पूर्व अध्यक्ष उदयराज गौतम, प्रवासी नेपाली मञ्चका अध्यक्ष शिव चापागाइ लगायतले बोलेका थिए ।

एनआरएन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालको अध्यक्षतामा भएको कार्यक्रममा क्रियटिभ नेपालीज ओमनका अध्यक्ष गरिमा घले,नेपाली पाठशालाका प्रधानाध्यापक दिपक तिवारी, इनासका केन्द्रिय उपाध्यक्ष रामचन्द्र उपाध्याय, इनासका केन्द्रिय सदस्य राजमान तामाङ र इनास र डेनमार्कका सचिव कृष्ण तिवारी, नेपाल म्युजिक फेष्टिवलका संयोजक मनोज खड्का, अभियान नेपालका अध्यक्ष शशी श्रेष्ठ र नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव प्रकाश ढकालले आफ्ना भनाइ राखेका थिए ।

४ बर्षे कार्यकालका लागि डेनमार्कका लागि आएका राजदुत लम्साललाइ नेपाल सरकारले हालैमात्र पठाएको हो ।पर्वत घर भएका लम्साल राइजिङ नेपाल दैनिकका पूर्व प्रधान सम्पादक हुन ।