डेनमार्कका लागि नवनियुक्त राजदुतको स्वागत


प्रकाश ढकाल,कोपनहेगन । डेनमार्कका लागि नवनियुक्त राजदुत युवनाथ लम्साललाई डेनमार्कको नेपाली समुदायले स्वागत गरेको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कले आईतबार एक कार्यक्रमको आयोजना गर्दै राजदूत लम्साललाई स्वागत गरेको हो।कार्यक्रममा डेनमार्क स्थित बिभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै राजदुत लम्सालले समुदायको साथ लिदै नेपाल र नेपालीको हितमा काम गर्ने प्रतिबद्दता ब्यक्त गरे।  कुटनीतिक रुपमा नेपाल र डेनमार्कको सम्बन्धलाई अझै प्रगाढ बनाउन लागि पर्ने राजदूत लम्सालले बताए।

कार्यक्रममा दूताबास उपनियोग प्रमुख डोरनाथ अर्याललाई समेत स्वागत गरिएको थियो । हालै दूताबासमा जिम्मेबारी लिएर आएका अर्यालले पहिलो कार्यकालबाट डेनमार्क सम्बन्धी धेरै बुझ्न सहयोग पुगेकोले अबको कार्यकाल नेपालको हितमा काम गर्नमा सहयोग पुग्ने र सबै नेपालीहरुको साथ र सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा राजदूतलाई स्वागत गर्दै एनआरएनए डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले दूताबास र एनआरएनले सहकार्य गर्दै आएको स्मरण गर्दै,अबका दिनमा यसले झनै निरन्तरता पाउने बिश्वास ब्यक्त गरे।

 

Screen Shot 2017-06-20 at 11.58.57

कार्यक्रममा डेनमार्कमा रहेका सबै संघ संस्थाहरुका प्रतिनिधी तथा प्रमुखहरुले राजदुत लम्सालको स्वागत गर्नु भएको थियो । जनसम्पर्क समिति डेनमार्कका सभापती विरेन्द्र सिंह कार्की, प्रवासी नेपाली मंचका अध्यक्ष शिव चापागाईं, जनप्रगतिशील मंच डेनमार्कका संस्थापक अध्यक्ष उदय राज गौतम, एन आर एन डेनमार्कका पुर्व अध्यक्षहरु मोहन राज मिश्र र दिपक सापकोटा, पर्यटन बोर्ड नेपालका मानार्थ प्रतिनिधी सोम नाथ सापकोटा,  इनास ग्लोबलका केन्द्रिय उपाध्यक्ष पोल्याण्ड निवासी मित्रलाल पार्दे,इनास डेनमार्कका महासचीव कृष्ण सुवेदी, इन्सासका केन्द्रिय प्रतिनिधी राजमान तामाङ्ग, क्रिएटिभ नेपलीज वुमन इन डेनमार्ककी अध्यक्ष डा. गरिमा घले, नेपाल म्युजीक फेस्टिभलका संयोजक मनोज खड्का, नेपाली पाठशाला डेनमार्कका शिक्षक दिपक तिवारी, अभियान नेपाल डेनमार्कका अध्यक्ष शशी श्रेष्ठ, नेपाल पत्रकार महासंघका युरोप शाखाका महासचीव प्रकाश ढकाल, लगायतले राजदुत लम्साल एवं उपनियोग प्रमुख अर्याललाई स्वागत गर्नु भएको थियो । उपस्थीत सम्पूर्णले वहाँहरुको कार्यकाल सफल रहोस भनी कामना गर्नु भएको थियो ।

संघका उपाध्यक्ष इश्वर शर्माले स्वागत गरे भने कार्यक्रमको संचालन कार्यवाहक महासचिव रमेश काफ्लेले गरेका थिए।