फ्रान्सका नेपालीहरु भलिबल,तातोआलु देखि बोरा दौडमा रमाए


पेरिस / फ्रान्समा रहेका नेपालीहरु बिभिन्न खेलहरुमा रमाएका छन्। पुरुषहरु भलिबलमा,महिलाहरु तातोआलु र बालबालिकाहरु चम्चा मिठाई दौड़ तथा बोरा दौडमा रमाएका हुन्।प्रबासमा रहँदा सधैँ कामको चापमा रहने हुँदा मनोरन्जनका लागि एनआरएनए फ्रान्सले आईतबार पेरिसमा रमाईलो कार्यक्रमको आयोजना गरेको हो।

भलिबल प्रतियोगिताको उपाधि नेपाली एकाता समाज फ्रान्सले ८ सय युरो नगद, ट्र्फी,मेडल र प्रमाणपत्र सहित हात पार्यो। यस्तै उपबिजेता तमुसमाज फ्रान्सले नगद ४ सय युरो र नमस्ते फ्रान्सले ५० युरो सहित ट्र्फी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा एनआरएनए फ्रान्स,म्याग्दीको समुह पनि सहभागी थिए।

कार्यक्रममा प्रमुख अतिथि फ्रान्स स्थित नेपाली राजदूत अम्बिका देबी लुईटेलले बिजेतालाई बधाई दिदै यस्ता कार्यक्रमहरुले नेपालीहरु बीच अझै आत्मियता बढ्ने भन्दै प्रंशसा गरिन्। संघका अध्यक्ष भक्त वाग्ले,वरिष्ठ उपाध्यक्ष सुवर्ण हमाल,उपाध्यक्ष एक बहादुर मल्ल, निवर्तवान अध्यक्ष घनश्याम पौडेल,कार्यक्रम संयोजक प्रविन सापकोटा लगायतले बिजेता खेलाडीहरुलाई बधाई तथा शुभकामाना दिए।

खेल स्थल वरिपरी नेपाली झण्डा फहराउदै नेपालीहरु रमाएको देख्दा बिदेशीहरुले पनि निकै चाख दिएर हेरेका थिए।