चलचित्र ‘मनको बाबरी’ असार १० गते प्रदर्शन हुँदै


राजाराम पौडेल,पोखरा – गुरुङ रहरसहन र संस्कृतिमा आधारित चलचित्र ‘मनको बाबरी’ को प्रर्दशन भोली असार १० गते शनिबार पोखरामा हुदैछ । यसअघि चलचित्रको असार ३ गते रनमबजारको भवरकोट पार्टी प्यालेसमा  भव्य प्रिमियरभएको थियो ।   असार २३ गते काठमाण्डौका दर्शकले राष्ट्रिय नाचघरमा चलचित्र हेर्न पाउनेछन् । मनको बाबरीलाई माओत्से गुरुङ फिल्मस् प्रा.लि.ले निर्माण गरेको हो ।

माओत्से गुरुङद्वारा निर्देशित चलचित्रको कथा स्क्रिप्ट पनि उनैले लेखेका हुन् । चलचित्रको छायांकन स्याङ्जाको पेल्काचौर र सुन्दर नगरी पोखरा आसपासका रमणीयस्थलहरुमा गरिएको हो ।

चलचित्रलाई अमेरिका, युके, हङकङ, अस्ट्रेलिया, दक्षिण कोरिया लगायतका देशमा प्रदर्शनमा लैजाने निर्माता एवं नायिका एन्सर्ज गुरुङले बताइन् । गुरुङको यो दोस्रो चलचित्र हो ।

नेपाली समाजमा रहेको रुढीवादी र कुसंस्कारबाट पिडित महिलाले भोगिरहेका पीडा चलचित्रको विषयस्तु हो ।

चलचित्रमा मुख्य भूमिका गमन घले र एन्सर्ज गुरुङ निभाएका छन् । राजु गुरुङ, विनु गुरुङ, डीबी गुरुङ, एनबी गुरुङ, राजेन्द्र थापा, धनु गुरुङ, सूर्या सुनुवार, सोनी गुरुङको अभिनय समेत चलचित्रमा हेर्न पाइनेछ । चलचित्रलाई राजेन्द्र खड्काले सम्पादन गरेका हुन् ।