क्षेत्रीय समिति पाईसभास्को बिल्बाउमा कडा प्रतिस्पर्धा


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउमा नयाँ नेतृत्वका लागि कडा प्रतिस्पर्धा भएको छ। क्षेत्रीय समितिको अध्यक्ष र केन्द्रिय सचिवका लागि दुई-दुई जनाको उमेद्वारी परे पछि कडा प्रतिस्पर्धा देखिएको हो।

निर्बाचन समितिका संयोजक गंगाराम सापकोटा द्वारा प्रकाशित सूचना अनुसार क्षेत्रीय समितिको अध्यक्षका लागि पूर्ण प्रसाद राई र महानारायण चौधरीको उमेद्वारी परेको छ भने केन्द्रिय सचिवका लागि कृष्ण प्रसाद सिग्देल र तुलसी बहादुर गुरुङको उमेद्ववारी दर्ता गराएका छन्।

यस्तै कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र अर्याल,सहसचिवमा सुरेन्द्र चौलागाई, कोषाध्यक्षमा रमिला चौलागाई(योगमाया),महिला फोरम संयोजकमा मालती पन्त र युवा संयोजकमा गुन बहादुर थापाको एकल उमेद्वारी परे पछि निर्बिरोध निर्बाचित भएका छन्।

तर कार्यसमितिको एक जना सचिव पदका लागि भने राजेन्द्र सेढाई,महेश पंगेनी र कमला बराल गरी तिन जनाले उमेद्ववारी दर्ता गराएका छन्।  जुन २१ देखि २३ तारिखसम्मका लागि उमेद्वारी फिर्ताको समय निर्बाचन समितिले तोकेको छ।बढी उमेद्वारी परेका पदमा फिर्ता नभए जुलाई १ तारिख मतदान हुने निर्बाचन समितिले जनाएको छ।

कार्यसमितिको ७ जना सदस्यहरुको लागि बिकास कार्की,टंक बराल,उमा गुरुङ,सञ्जय सुबेदी,सन्तोष अधिकारी,मिलन गुरुङ र राम कृष्ण रानामगरको मात्र उमेद्ववारी परे पछि सबै निर्बिरोध चयन भएका छन्।

आगामी जुलाई १ तारिख क्षेत्रीय समिति पाईसभास्को बिल्बाउको अधिबेशन हुँदै छ। राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले अधिबेशनमा सहभागीता जनाउने बताएका छन्।19427765_1527053300690306_1202566377_n