पोखरामा विश्व संगीत दिवस मनाइयो


राजाराम पौडेल,पोखरा-  विश्व संगीत बुधबार भव्य कार्यक्रमको आयोजना गरी पोखरामा दिवस मनाइएको छ । सामुहिक रुपमा कार्यक्रम आयोजना गरी संगीत दिवस मनाउने पोखराको विशेषता हो । यहाँ रहेका विभिन्न १७ वटा संस्थाको सामुहिक आयोजनामा कार्यक्रम भएको हो ।

पोखरामा वि.स. २०६० सालदेखि निरन्तर संगीत दिवसको अवसरमा कार्यक्रम गरिदै आएको छ । साँगीतिक तथा साँस्कृतिक क्षेत्रका संस्था मध्ये कोही आयोजक त कोही सह–आयोजक बनेर संयुक्त रुपमा कार्यक्रम गर्ने विशेषता पोखरामा हुन्छ । संगीतको क्षेत्रमा कार्य गर्ने व्यक्तिलाई एउटै ठाउँमा अवसर हरेक वर्षको संगीत दिवसमा जुट्ने गर्दछ ।

world music day 5
दिवसको अवसरमा संगीतमा योगदान पु¥याएका चार जना स्रष्टा पोखरामा सम्मानित भए । यसरी सम्मानीत हुनेमा संगीतकार सुर्वण बज्राचार्य, एरेन्जर अमर गुरुङ पोखरेली, नृत्यकार रत्नदास र गायिका रुवि गौली रहेका थिए । संगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो । नेपाल संगीत नाट्य एकेडेमीका कुलपती सरुभक्त श्रेष्ठ लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

भक्ति संगीत प्रतिष्ठान नेपाल, तराना म्युजिक सेन्टर, गुरुकुल संगीत प्रशिक्षण केन्दका संगीत प्रशिक्षण केन्द्र, पोखरेली युवा साँस्कृतिक परिवार, पोखरा नाच घर, हिमाली साँस्कृतिक परिवार, अनुशिलन कला पाठशाला, त्रिवेणी संगीतालय, सप्तरंगी साँस्कृतिक प्रतिष्ठान, झिंगु आय झिँगु साँस्कृतिक संस्कृति पुच, जोजिजु म्युजिक स्कुल, पोखरा लोक धुन समुह, पोखरा साँगीतिक कलाकार संघ, लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की, अलीमिया लोक वाङ्मय प्रतिष्ठान र स्टार स्टुडियोको प्रस्तुती रह्यो । खचाखच भरिएको पोखरा उद्योग वाणिज्य संघको हलमा विभिन्न साँगीतिक प्रस्ुतती राख्दै संगीत पारखीलाई मत्रमुग्ध पारियो .

world music day
कार्यक्रममा गायक कर्णदास, रामभक्त जोजिजु, हरिदेवी कोइराला, हास्यकलाकार दिपक थापा, गोरे गुरुङ लगायतको प्रस्तुतीले दर्शकको ध्यान खिच्यो । मुख्य आयोजक भक्ति संगीत प्रतिष्ठान नेपाल, तराना म्युजिक सेन्टर र गुरुकुल संगीत प्रशिक्षण केन्द रहेका थिए । अन्य बाँकी १४ संस्था सहआयोजकको रुपमा रहेका थिए ।

सन् १९७० देखि फ्रान्स सरकारले २१ जुन, वर्षको लामो दिन भएकोले यसलाई विभिन्न साँगीतिक कार्यक्रम गरी मनाउनुपर्छ भनेर संगीत दिवस मनाउन शुरु गरेको भएपनि हाल यो दिवस विश्वका १ सय ६० भन्दा बढी देशमा मनाइन्छ । नेपालमा वि.स. २०५५ सालबाट दिवस मनाउन थालिएको हो ।

world music day 6