राजपा नेपालको आन्दोलन शिथिल हुँदै


 काठमाण्डौ – निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेको राजपा नेपालको आन्दोलन शिथिल हुँदै गएको छ  ।

प्रदेश नम्बर १ र ५ मा राजपाको आन्दोलन खुम्चिएको हो । राजपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि आन्दोलन शिथिल भएको हो ।

तर राजपाका प्रवक्ता कृष्णा सिंहले आन्दोलनको नयाँ रणनीति बन्दै गरेको बताएका छन् । उनले भने, ‘हामी जोडतोडका साथ तयारी गर्दै छौं हाम्रो आन्दोलन तुहिएको छैन ।’ आजको नेपाल समाचारपत्रमा यो खबर छ ।