योग – दिर्घायु जिवनको रहस्य


डा. कालु शर्मा सुवेदी
(MD, DMRD, Ph.D.)

विगत २ वर्ष (सन् २०१५ जून २१) देखी योगले विश्व राक्ष्ट्र संघ बाट अन्तराष्ट्रीय मान्यता प्राप्त गरेको हो र त्यही अनुरुप प्रत्येक वर्ष जुन २१ तारीख का दिन विश्व भरीनै योग सम्बन्धी विशेष कार्यक्रमहरु गरी विश्व योग दिवश मनाईन्छ । हामीहरुले आफ्नो जिवन पद्दतीमा योगलाई के कति मात्रामा र कसरी प्रयोग गरी रहेका छौं त ? के यस बारे केही विचार गर्नु भएको छ ? तर, अन्तराष्ट्रीय जगतमा विशेष गरी अमेरिका र पश्चिमा एवं विकसीत मुलुकहरुमा भने योग धेरै चर्चित भै सकेको छ र यसको महत्व थाहा पाएकोले धेरै मानिषहरुले यसलाई आफ्नो जिवन पद्दतीमा अंगाली सकेका छन् । हामीहरुले पनि योगलाई आफ्नो जिवन पद्दतीको नियमित कृया कलापको रुपमा अंगाल्यांै भने यसबाट जिवनमा ठूलो शारिरीक, मानसिक, आध्यात्मीक तथा सामाजिक उपलब्धीहरु प्राप्त गर्न सकिन्छ । त्यसैले भगवत गीतामा भनिएको छ ः– योगः चित्त–वृति निरोधः ।

योग भन्ने बितिकै धेरै जसोले यसलाई एउटा शारिरीक व्यायामको रुपमा मात्र लिने गर्दछन् । तर, योग मानिषको मन र आत्माको अनन्त क्षमताको उजागर गर्न सक्ने एक विशेष एवं गहन विज्ञान हो जो लगभग ५००० वर्ष अगाडी देखी नै हाम्रो सनातन हिन्दु धर्म र पुर्वीय दर्शनको जिवन पद्दतीको एक शैलीको रुपमा चिनिदै आएको छ । ऋगवेद, उपनिषद, भगवत् गीता आदी जस्ता हाम्रा प्राचीन जीवन्त साहित्य हरुमा पनि सर्वोच्च चेतना संग मनको मिलन एवं प्राणायाम बारे उल्लेख गरिएको पाइन्छ ।

योग मुलतः दुई प्रकारको हुन्छ । राजयोग र हठयोग । यिनीहरु एक अर्का संग अन्तर्सम्बन्धित छन् । राजयोग आत्मा र मन संग सम्बन्धित छ भने हठयोग (अष्टाङ्ग योग) शरीर संग । पतंजली लाई अष्टाङ्ग योगको पिता मानिन्छ । पतंजली योग सुत्रमा अष्टाङ्ग योगका विभिन्न आसनहरु बारे वर्णन गरिएको छ । शारीरिक अवस्था राम्रो छैन भने मनको अवस्था पनि राम्रो हुन सक्दैन र मनको अवस्था राम्रो छैन भने शरीरको अवस्था पनि राम्रो हुदैन । शरीर लाई मनले चलाउँछ र मन आत्माको नियंत्रणमा हुन्छ । त्यसैले राजयोग र हठयोग दुबैको योग हुन सके भने मात्र योगको कृया पुर्ण हुन्छ ।

पौराणिक शास्त्र अनुसार मानिषको जिवन एक सय वर्षको भनिएता पनि हाम्रो परिवेषमा आजकल सय वर्ष सम्म बाँच्ने मानिष पनि विरलै भेटिन्छन । यस्को मुख्य कारण त हामीहरुले जिउने कला न जानेर नै हो । यदि मानिषले दिर्घायु जिवनको उपहार प्राप्त गर्न चाहन्छ भने शारीरिक, मानसिक, आध्यातमिक र सामाजिक रुपले स्वस्थ्य रहने उपाय खोज्नु पर्दछ र त्यो एक मात्र उपाय हो योग शैलीमा आधारीत जिवन । त्यसैले भगवान बुद्धले भन्नु भएको छ — स्वास्थ्य नै तिम्रो जिवनको सबै भन्दा ठ्रूलो र महत्वपुर्ण उपहार हो । त्यसैले निःशुल्क रुपमा प्राप्त गर्न सक्ने यस्तोे उपहारको महत्व हामीले बुझ्नु र सम्मान गर्न पर्दछ । किन भने स्वास्थ्य ने सबै भन्दा ठुलो धन हो ।

अतः दिर्घायु जिवनको लागी स्वस्थ्य रहन अति आवश्यक छ । तर, शारीरिक, मानसिक, आध्यातमिक र सामाजिक रुपले स्वस्थ्य रहनका लागी योग मात्र गरेर पुग्दैन । यस्का लागी आफ्ना दैनिक नियमित किृया कलापहरु एवं आहार बिहारका तौर तरीकाहरुमा आध्यात्मीक चिन्तनका साथ केही सकारात्मक तथा प«कृति मैत्री एवं वैज्ञानिक आधार युक्त परिवर्तनहरु गर्न आवश्यक छ । यी दुबैको योगले मात्र स्वस्थ्य र दिर्घायु रहन सकिन्छ । योग बच्चा देखी वृद्ध सम्म सबैलाई उपयोगी हुन्छ । हामीहरुले पनि योगको नियमित अभ्यास गर्ने हो भने विभिन्न बिमारीहरु बाट बच्न सकिन्छ । तर, लागुु औषध, मादक पदार्थ तथा सुर्ति जन्य पदार्थको सेवन स्वास्थ्यको लागी अत्यन्तै घातक भएकोले यिनीहरुबाट जिवनलाई टाढै राख्नु बुद्धिमानी हुन्छ ।

स्वस्थ एवं दिर्घायु जिवनको लागी मान्साहारी भन्दा शाकाहारी भोजन नै बढी उपयोगी हुन्छ । शाकाहारी भोजन नै हाम्रो पेटको लागी प्राकृतिक एवं उत्तम भोजन हो । त्यसैेले आफुलाई मान्साहारी बाट शाकाहारी प्राणीमा परिवर्तन गर्न सके दिर्घायु जिवनको बाटोमा लाग्न सकिन्छ । भोजन अनुसारको मन र मन अनुसारको कर्म हुन्छ भने कर्म अनुसारकै फल हुन्छ । त्यसैले मान्साहारी भोजन प्रयोग गर्ने मानिषहरु अक्सर तातो रगत वाला अर्थात् क्रोधी स्वभावका, धेरै जसो तनावमा देखिने, उच्च रक्तचाप भएका, छिटो आक्रोसित हुने, आवेशमा आउने र हत्या हिंसा गर्न नडराउने स्वभावका हुन्छन् । तर, शाकाहारी भोजन गर्नेहरु शान्त

स्वभावका, बुद्धिमान, बलवान एवं दिर्घ जिवी हुन्छन् । संन्त, महन्त, ऋषि तथा महात्माहरुले योग साधनाको साथै सात्विक एवं शाकाहारी भोजन प्रयोग गर्ने भएकाले उनीहरु संसारमै बढी बाँच्ने र ज्ञानी मानिषमा पर्दछन । बेलुकी पख मान्साहारी भोजनको प्रयोग गर्नु कदाचित उत्तम होईन् । बेलुकी मान्साहारी भोजन प्रयोग गरेर आफ्नो पेटलाई चिहान न बनाउँ ।

आजकल हर क्षेत्रमा आधुनिकीकरण र शहरीकरणको प्रभावले गर्दा धेरै मानिषहरु खास गरी अस्वस्थ्य र अल्छी मानिषहरु अबेला उठ्ने गर्दछन् । वास्तवमा बिहानै सुर्योदय अगावै उठ्न राम्रो हुन्छ । अभ्m पहिलो पहरमा (बिहान ३–४ बजे) उठ्नु स्वास्थ्य र विशेष गरी विद्यार्थीहरुको पठन पाठनका लागी अति उत्तम हुन्छ । यो बेलालाई अमृत बेला पनि भनिन्छ । यो समयमा वातावरण अत्यन्त शान्त, स्वछ र आनन्दमय हुन्छ । हावामा अक्सीजनको मात्रा पनि प्रसस्त हुन्छ । यो बेलामा ध्यान गर्न, अध्ययन गर्न, गीत संगीतको रियाज गर्न र कविता एवं साहित्यीक रचनाहरुको लागी अति उत्तम हुन्छ । यो बेलामा गरिने मानसिक एवं आध्यात्मिक कार्यहरु बढी प्रभावकारी हुन्छन । किन भने, बिहानको समयमा स्मरण शक्ति तेजिलो हुन्छ ।

बिहान उठी सके पछी लगभग २ घण्टा नितान्त आफ्नो मानसिक एवं शारीरिक विकाश, सशक्तिकरण र सकृयताको लागी सदुुपयोग गर्नु पर्दछ । जहिले पनि फुर्सद छैन भन्दै अरुको लागी दौड धुप गर्ने तर, आफ्नो लागी समय निकाल्न न सक्ने मानिषहरु कहिले पनि स्वस्थ्य र दिर्घायु हुनै सक्दैनन् । बिहान उठी सके पछी एक गिलास पानी पिएर शौच आदि नियमित कार्यहरु गरी सके पछी कम्तीमा १५ देखी ३० मिनेट सम्म मनलाई एकाग्र गरेर ध्यान (Meditation) गर्ने बानी बसाल्नु पर्दछ । यसले मानसपटलबाट नकारात्मक विचारहरु निकाली सकारात्मक विचारहरु प्रवाह गरी आत्म शक्ति बलियो बनाउँछ र मानिषलाई निडर एवं शक्तिशाली बनाउँछ ।

ध्यान साधना पछी लगभग आधा–एक घण्टा जति शररिका सम्पुर्ण अंगहरुलाई चलायमान गर्ने खालका (सर्वाङ्घासन) योग साधनाहरु वा ब्यायामहरु (Full Body Exercise) गर्नु पर्दछ । योग साधना अथवा ब्यायाम कृया सकी सके पछी सकिन्छ भने समय निकालेर लगभग आधा–एक घण्टा जति पैदल (Morning Walk) वा साईकल चलाउन पनि स्वास्थ्यको लागी अति लाभदायक हुन्छ । यसो गरेमा दिनभरी नै शरीर एकदम फुर्तिलो एवं सकिृय रहन्छ र प्रभावकारी रुपले काम गर्ने शक्ती प्राप्त हुन्छ । प्रभात फेरी बाट फर्के पछी एक गिलास पानीमा एक चमचा मह र कागती को रस राखेर पिउनु उपयोगी हुन्छ । तत् पश्चात स्नान आदी गरी केही बेर (१५ देखी ३० मिनेट) आराम गर्नु पदर्छ र त्यस पछी मात्र नास्ता (Breakfast) ग्रहण गर्नु पदर्छ ।

स्वास्थ्यका दृष्टिकोणले एक स्वस्थ्य मानिषको लागी पुर्ण मानसिक एवं शारिरीक आराम प्राप्त गर्नको लागी गहिरो शान्तिमय निद्राको आवश्यकता पर्दछ जस्को लागी खलबली बिना लगभग ६ घण्टा जति सुत्न आवश्यक छ । यदि बिहान ४–५ बजे उठ्ने हो भने बेलुकी १०–११ बजे सम्ममा सुत्न जानु पर्दछ । तर, आजकल आधुनिकीकरण र शहरीकरणको प्रभावले गर्दा धेरै मानिषहरु खास गरी विद्यार्थी, कर्मचारी, व्यापारी एवं व्यववसायीहरु अत्यन्त व्यस्त भएको कारण बताउदै अबेला घर फर्कने, ढिलो खाना खाने एवं अबेला सुत्ने गर्दछन् । यस प्रकारको अनियमीत कृया कलापले गर्दा शारिरीक एवं मानसिक रुपले यस्ता मानिषहरु बिस्तारै अस्वस्थ्यताको शिकार हुन्छन् र खुशी साथ शान्तिमय जिवन जिउन कदाचित सक्दैनन् ।

सुत्नु अगाडी कोठामा राम्रो हावाको प्रवाह (Ventilation) गराएर र एक गिलास पानी पिएर कम्तीमा १५ मिनेट देखी ३० मिनेट सम्म शान्त वातावरणमा मनलाई एकाग्र गरेर ध्यान (Meditation) गर्ने बानी बसाल्नु पर्दछ । आफुलाई मन पर्ने सुमधुर गीत–संगीत सुनरे पनि मन र मस्तिस्कलाई शान्त गर्न सकिन्छ । यस्ले गर्दा राम्रो र गहिरो निद्रा पर्दछ र हामीलाई शारिरीक एवं मानसिक रुपमा स्वर्गीय आनन्द मिल्दछ । शान्तिमय निद्रा सबैको लागी एक अचुक, अति आवश्यक एवं निःशुल्क औषधी हो ।

(बरिष्ट चिकित्सक एवं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालयका विशिष्ट श्रेणी बाट अवकाश प्राप्त प्रमख विशेषज्ञ)