पोखरामा बसको ठक्कर बाट दुई गम्भिर घाइते,बसको ढोकामा उभिदा सहचालकको ज्यान गयो


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाको अर्चलबोट नजिकै कक्षा ११ को परिक्षा दिएर घर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा परेका छन। कक्षा ११ को परिक्षा दिएर ग१२प ३८२७ नम्बरको स्कुटरमा घर फर्कदै गर्दा रुपेश थापा र शिशिर थापालाई बेनीबाट काठमाडौ जादै गरेको बा ५ ख ९५०५ नम्बरको बसले ठक्कर दिएको हो ।
घाईते भएका दुवै जना माउन्ट अन्नपुर्ण क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् । विन्ध्यवासीनि मावि बरपाटनमा परिक्षा दिएर घर फर्किदै गर्दा दुर्घटना भएको हो ।

अहिले प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । आक्रोशित बिद्यार्थीले ठक्कर दिने बसको सिसा फुटाएका छन् भने बसमा आगो समते लगाएका थिए । दुर्घटना लगतै आक्रोसित बिद्यार्थीले ठक्कर दिने बसमा आगो लगाएपछि निभाउन भित्र पसेका प्रहरी सहायक निरिक्षक सन्तोष सुवेदीमाथि समेत पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको छ । तोड्फोेड गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।१० बजे परीक्षा सकेर फर्किदै गरेका थापाद्धय स्कुटरबाट बाटो क्रस गर्ने क्रममा माथिबाट तिब्र गतिमा आएको बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गम्भिर घाइते उनीहरुलाई सहारा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ ।दुर्घटनास्थलमा जम्मा भएको भिड पन्छाउने क्रममा प्रहरीले लाडीचार्च समेत गरेको थियो । साथै सो क्रममा प्रहरीमाथि दुब्र्यबहार गर्ने दुई महिलालाई पनि नियन्त्रणमा लिइएको छ ।आक्रोसित भिडले गरेको आक्रमणमा प्रहरी सहायक निरिक्षक सुवेदी सहित प्रहरी हबल्दार पूर्ण बहादुर डेगा र प्रहरी जवान रामशरण तिवारी समेत घाइते भएका छन् ।

बसको ढोकामा उभिदा सहचालकको ज्यान गयो

बस गुडिरहदा सुरक्षित यात्राको लागि ढोका बन्द गरिन्छ । सुरक्षाको लागि यात्रुलाई ढोकामा उभिन नदिई भित्र बसाउनुपर्ने सहचालक आफै ढोकामा उभिदा ज्यानै गएको छ । पोखरा नगर क्षेत्रमा सञ्चालन हुने बसका सहचालकको आफै कार्यरत बस गुडिरहेको अबस्थामा ढोकामा शरिर वाहिर निकालेर उभिदा ज्यान गएको प्रहरीले जनाएको छ ।

पोखराको हल्लनचोकबाट काहुँखोला तर्फ जादै गरेको ग १ ख ५०९९ नम्बरको नगरबसका सहचालक ३२ बर्षीय आनन्द सापकोटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक खडग बहादुर खत्रीले जानकारी दिए ।

विहिवार विहानै काहुँखोला तर्फ जाने क्रममा पोखरा १२ बाझापाटनमा पुगेपछि सहचालक सापकोटा ढोकामा उभिएका बेला विजुलीको पोलमा ठेक्किएको थियो । विहान साढे ६ बजे दुर्घटना भएलगतै उपचारको लागि मनिपाल शिक्षण अस्पताल ल्याइएकोमा साझ साढे ५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक सापकोटा पोखरा १२ सितलदेवीका स्थायी बासिन्दा हुन् ।