ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – राजनीतिक दलहरुले पहिलो चरणको निर्वाचनबाट पाठ सिक्दै दोस्रो चरण निर्वाचनमा नयाँ रणनीति अपनाउन थालेका छन् । दलहरुले तालमेल, मतदाता शिक्षा अभियान, चुनावी एजेन्डा, प्रचारप्रसार शैलीलगायत बदलेको आजका पत्रपत्रिकाहरुमा खबर छ ।

पत्रपत्रिकाहरुले गाडी किन्न नमान्दा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवा भएको लेखेका छन् । काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको विषयलाई पनि पत्रपत्रिकाहरुले चासो दिएका छन् ।