दुनियाँलाई डाहा हुने गरी, माया गर्ने नम्रताको चाहाना


“यस्तो माया गर मलाई दुनियाँलाई डाहा होस, मैले जस्तै माया पाउने हरेकलाई चाह होस।” यो आग्रह हो लव अफेयरको मामिलामा प्राय मौन रहने चर्चित नायिका नायिका नम्रता श्रेष्ठको पवन शर्मासंग। जो संग उनी पहिलो पटक स्क्रिन शेयर गर्दैछिन यो रोमान्टिक गीतमा। आफै फिल्म निर्माणमा जुटेपछी पछिल्लो समय नम्रता म्युजिक भिडियोहरुमा अत्यन्तै कम देखिएकीछन।

“यो गीत यति मन पर्यो कि नाइ भन्नै सकिन” उनी भन्छिन “यो गीतको शब्द संगीत र गायनमा झल्किने माया प्रेम समर्पण र रोमान्सले मलाई असाध्य छोयो। मैले मेरो होम प्रोडक्सनको चलचित्र पर्वको प्रमोसन बिचैमा छोडेर यो गीतमा काम गरेकी हुँ”। नृपेश उप्रेतीको प्रेमिल शब्दले सजिएको यो गीतको म्युजिक भिडियो अभिनय गर्ने आकर्षक ब्यक्तित्वका धनी मोडल पवन शर्मा बेलायतका स्थाइ बासिन्दा हुन।

उनी पनि यो गीत मन परेर नै म्युजिक भिडियोमा काम गर्न तयार भएको बताउँछन। अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा युवा पुस्तामा अत्याधिक रुचाइएका फिरोज बस्नेत र दुर्गा खरेलको आवाज रहेको छ भने म्युजिक भिडियोलाई संचार्कर्मी तथा चलचित्र निर्देशक सुब्रत आचार्यको निर्देशन गरेका हुन।