एनअारएनको युरोपेली बैठकका लागि परराष्ट्रमन्त्री महरालाई निन्तोपत्र


काठमाण्डौ- एनअारएनएले १० आैं युरोपेली क्षेत्रीय बैठकमा प्रमुख अतिथिको रुपमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई निमन्त्रणा गरेको छ । संघका युवा उप संयोजक लोकराज शर्माले शुक्रबार मन्त्रालयमा पुगेर महरालाई निन्तो पत्र हस्तान्तरण गरेका हुन् ।

युरोपमा नेपाली एकता,समृद्ध नेपालको आवश्यकता’ भन्ने नाराका साथ जर्मनीको फ्रयाङर्फडमा जुलाईको अन्तिम साता एनआरएनको युरोपेली बैठक हुँदै छ । बैठकका लागि युरोप क्षेत्रमा रहेका नेपाली मिसनका प्रमुखहरुलाई समेत यस अघि पत्राचार भइसकेको संघले जनाएको छ ।

एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित हुने बैठकले कम्तिमा २ करोड रुपैयाँ निर्माणाधिन भवनका लागि सहयोग जुटाउँने लक्ष्य राखेको छ । यसका लागि युरोप क्षेत्रका हरेक राष्ट्रिय समन्वय परिषदहरुमा एक जना संयोजक नै तोकेर लक्ष्य पूरा गर्ने गरी तयारी थालिएको छ ।