पत्रकार महासंघ युरोप शाखाको अधिवेशनमा एक पक्षको असहमती


नेपाली नेपाली डटकम सम्वादाता ।

ब्रसेल्स, बेल्जियम । नेपाल पत्रकार महासंघ युरोप शाखाको शनिबार हुने भनिएको अधिवेशनमा बिरोध तथा असहमति देखिएको छ। शाखाका महासचीव प्रकाश ढकालले नै सामाजीक संजाल मार्फत बिरोध तथा असहमति प्रकट गर्दै विधी र विधान मिचेको आरोप लगाएका छन् । महासचीव ढकालले बिज्ञप्ति प्रकाशित गर्दै असन्तुष्टी पोखेका हुन्।

सदस्यता विवादमा परेको युरोप शाखाले सदस्यता विवाद नसुल्झाइ, एकलौटी रुपमा अधिवेशन भन्दै कार्यक्रम गर्न लागिएको प्रती असन्तुष्टी जनाउंदै शाखाका संरक्षक महेश थापा, वरिष्ठ उपाध्यक्ष ओम शर्मा, उपाध्यक्ष अनुराधा पौडेल, सचीव हिरालाल  श्रेष्ठ, सदस्य दिपक क्षत्री साथै पुर्व सदस्य सरस्वती कार्कीले पनि असन्तुष्टी जनाएका छन् ।

महासचीव ढकाल लगायतको एक पक्षले वैदेशीक नियमावली अन्तर्गत योग्य भएका सबै पत्रकारलाई सदस्यता दिनु पर्ने भन्दै केन्द्रमा समेत दवाव दिंदै आएका थिए ।

अधिवेशन गर्ने भनेर केन्द्रिय उपाध्यक्ष खिल बहादुर भण्डारी हाल बेल्जियममा छन् । उनले सबै पक्षलाइ समेटेर अधिवेशन गर्नु पर्ने बताउंदै आए पनि सो अनुसार हुन नसकेको आरोप एक पक्षले लगाएको छ भने अधिवेशन जसरी पनि हुने अर्को पक्षले बताउंदै आएको छ ।

बिज्ञप्ती हेर्नुहोस:

नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिवेशन नाम दिएर गरिएको कार्यक्रममा सहभागीता नजनाउने सम्बन्धमा !

नेपाल पत्रकार महासंघ युरोप शाखाले अधिवेशन गर्ने भनि सुचना जारी गरेकोमा केही गम्भीर प्रस्न खडा गरेको छ । यो भनिएको अधिवेशन युरोपमा रहेको सवै पत्रकार साथीहरुलाई समेटनु भन्दा गुपचुप रुपमा गर्न लागिएको प्रष्ट छ । अधिवेशन आव्हान गर्दाको सुचनामा समेत महासचीवको हस्ताक्षरको दुरुपयोग गरिएको छ । गर्ने भनिएको अधिवेशनको हिजो शुक्रवार सम्म पनि अधिवेशन हुने स्थल खुलाउन सकेको थिएन भने यति मात्र नभइ सो अधिवेशनमा समावेश हुने पजिकृत सदस्यको नामावली सार्वजनिक हुन सकेको छैन ।
हामीले शुरु देखि सस्यता विवादलाई अन्त्य गर्नु पर्ने जनाउदै आएका हौ । स्थापना काल देखि आवद्ध भएका सवै सदस्य र आवद्ध हुन चाहने सवै उपर वैदेशीक नियमावली अन्तर्गत छानविन गरी सदस्यता वितरण गर्दै सवैको विवरण राखी अधिवेशन गर्न हामीले निरन्तर आवाज उठाइ रहेका थियौ र यदापी हाम्रो मान्यता यही रहेकोछ । अझै पनि सवैलाई समेटेर यो अधिवेशन गर्न नेपाल पत्रकार महासंध युरोप शाखा र नेपाल पत्रकार महासंघ केन्द्रले पहल गर्ने छ भनि हामी आशावादी छौ । यदापी आज हुने भनिएको अधिवेशन नाम दिएर बेल्जियममा गर्न लागिएको कार्यक्रममा हाम्रो सहभागीता नरहने सार्वजनिक जानकारी गराउदछौ ।

वोधार्थ
डा महेन्द्र विष्ट केन्द्रिय अध्यक्ष
नेपाल पत्रकार महासंध केन्द्रिय कार्यालाय काठमाण्डौ ।

अध्यक्ष एव प्रतिनिधी युरोप स्थित नेपाली संघसंस्थाहरु

युरोपमा रहेको सम्पुण नेपाली जनसमुदाय

महेश थापा
संस्थापक अध्यक्ष एव सम्रक्षक
नेपाल पत्रकार महासंघ युरोप शाखा

ओम शर्मा
वरिष्ठ उपाध्यक्ष
नेपाल पत्रकार महासंघ युरोप शाखा

अनुराधा पौडेल
उपाध्यक्ष
नेपाल पत्रकार महासंघ युरोप शाखा

प्रकाश ढकाल
महासचिव
नेपाल पत्रकार महासंघ युरोप शाखा

हिरालाल श्रेष्ठ
सचिव
नेपाल पत्रकार महासंघ युरोप शाखा।

दिपक क्षत्री
कार्यसमिति सदस्य
नेपाल पत्रकार महासंघ युरोप शाखा।

सरस्वती कार्की
पुर्व सदस्य
नेपाल पत्रकार महासंघ युरोप शाखा।