माया पुनको पोेखरेली सोल्टीनी सार्वजनिक (भिडियो सहित)


राजाराम पौडेल,पोखरा – सम्भावना बोकेकी गायिका माया पुनको नयाँ गित पोखरेली सोल्टीनी पोखराबाट सार्वजनिक भएको छ । गित तथा म्युजिक भिडियो एकै साथ म‌ंगलबार सार्वजनिक गरीएको हो । सार्वजनिक गरीएका गितमा शब्द तथा संगित बसन्त सापकोटाको रहेको छ भने संगित संयोजन सुदीप सागरले गरेका हुन । फलानो क्रियशनले तयार पारेको म्युजिक भिडियोको सम्पादन तथा निर्देशन अपिल त्रिपाठीले गरेका हुन । भिडियोमा सरोज अधिकारीको छायङ्कन, प्रविण श्रेष्ठका रंग संयोजन तथा रोहन नेपालीको कोरीयोग्राफी रहेको छ । म्युजिक भिडियोमा सुभेच्छा तामाङ, अनिल अधिकारी, अभि सुनार र आर्यन गुरुङले अभिनय गरेका छन् । गित भिडियो साझेदार साइड युबट्युवमा समेत सार्वजनिक गरीएको छ ।

maya pun 1

सार्वजनिक समारोहमा बोल्दै गायक कर्णदासले अबको संगित कस्तो हुने भन्ने बिषयको निर्धारण संगितमा लागेका युवा पुस्ताले गर्ने बताए । नेपाली संगितलाई अझै सबल बनाउन आवश्यक रहेको बताउदै उनले संगितलाई परीस्कृत गर्दै लैजानुपर्ने बताए ।

कार्यक्रममा गायक रामभक्त जोजीजुले संगितको शैली परीवर्तन हुदै गएको बताउदै संगितमा आएका नयाँ पुस्ताले नयाँ सम्भावना देखाउदै गएको बताए । उनलेसार्वजनिक गरीएको माया पुनको गित युवापुस्तामाझ लोकप्रिय हुने बिश्वास समेत ब्यक्त गरे ।
त्यस्तै अर्का गायक बिनोद बानियाले संगितमा आध्ययनको आवश्यकतालाई औल्याए । गायिका माया पुनको आवाजमा फरकपन भएकोले उनमा प्रशस्त सम्भावना रहेको बानियाको भनाई थियो । गायिका माया पुनले सबैको साथ र सहयोगले नै निरन्तर संगितकर्म गर्न उत्प्रेरणा मिलको बताइन् ।

https://www.youtube.com/watch?v=2s-UOelpyTU