नेपाल बसाईको पाँच बर्ष पुग्दा,आईनालाई ५ प्रश्न (भिडियो अन्तरबार्ता)


२१ बर्षकै उमेरमा आफ्नो जन्मभूमि, परिवार र पेशा त्यागि बौद्धिक अपाङगता भएका नेपाली बालबालिकाहरुका लागि विद्यालय संचालन गर्न सन् २०१२ देखि नेपाल बसोबास गर्दै आएकी स्पेनिस चेली आईना बार्का बास्तवमै नेपाली अपाङगता भएका बालबालिकाहरुका लागि एक अनुहार बनेकी छिन्।

स्पेनमा जन्मेर हुर्केर, त्यहिं शिक्षा हासिल गरेकी बार्काले बौद्धिक अपाङगता भएका नेपाली बालबालिकाहरुको शिक्षा र स्याहारसुसारमा कुनै कसर बाँकि राखेकि छैनन्। अपाङ्गता बालबालिकाहरुले आईना बार्कामा एक गुरूआमा र आफ्नो अधिकारको वकालतका लागि एक समर्पित अनुहार प्राप्त गरेका छन्।

आशा स्कुल संचालन गरिरहेको गैर सरकारी संस्था “फेमिलिया डे हेटौंडा” कि उनि संस्थापक तथा अध्यक्ष समेत हुन् । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि “आशा बिशेष पाठशाला र पुनर्स्थापना केन्द्र” संचालन गर्दै आएकी आईना बार्कालाई आज हामीले पाँच वटा प्रश्न राखेका छौ।भिडियो हेर्नुहोस्:-