डेनमार्कमा नेपालीहरुबीच फुटबलको रौनक ।


प्रकाश ढकाल

कोपनहेगन । यही आउँदो अगस्ट महिनाको पहिलो साता डेनमार्कमा रहने नेपाली नेपाली बीच सम्पन्न हुन गैरहेको ‘चौथो जनसम्पर्क समिति डेनमार्क कप’ ले गर्दा फेरी खेलको  माहौल तातेको छ । नेपाली जनसम्पर्क समिति डेनमार्कले आयोजना गर्न लागेको चौथो जनसम्पर्क कप फुटबल प्रतियोगीताको कारण अहिले फेरि फुटबलको माहौल बनेको हो ।  नेपाली जनसम्पर्क समिति डेनमार्क प्रत्येक वर्ष फुटबल प्रतियोगीता संचालन गर्दै आइरहेको छ ।

Screen Shot 2017-07-10 at 22.30.14

अघिलला वर्षहरुमा पनि जनसम्पर्क समितिले फुटबल प्रतियोगीता गरेको र अहिले त्यसैको निरन्तरता हो । प्रत्येक वर्ष गर्मी महिनाको अवसर पारेर यसरी नै भव्य फुटबल प्रतियोगीता आयोजना गरिने जनसम्पर्क समितिले बताई सकेको छ ।अघिल्लो वर्षको प्रतियोगीता भव्य र सभ्य रुपले सम्पन्न भएको र यो वर्ष अझै भव्य बनाइने जनसम्पर्क समितिका अध्यक्ष विरेन्द्र सिंह कार्कीले बताएका छन । प्रतियोगीता भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराखिने पनि उनले बताए ।

जनसम्पर्क समितिले अघिल्ला वर्षहरुमा पनि निकै सफलता पुर्वक फुटबल प्रतियोगीता संचालन गरेको थियो । अघिल्लो वर्षको खेल आयोजनाले डेनमार्कमा रहेका फुटबल प्रेमीहरुलाई निकै उत्साहित पनि बनाएको थियो । प्रायोजक देखि सह-प्रायोजक सम्मले निकै सहयोग गरेका थिए । यसपाली पनि सबैको सहयोगको अपेक्षा आयोजकले गरेको छ ।

यस पटकको प्रतियोगीतामा पनि अघिल्लो पटक जस्तै लिग चरण अन्तर्गत नै खेल खेलाइने सम्भावना रहेको आयोजकले बताएका छन । फुटबल प्रतियोगीता आयोजनाको संयोजन गरिरहेका कृष्ण गिरिले बताए अनुसार खेल एलेभेन ए साइड अन्तर्गत खेलाइने भएकोले अघिल्लो पटक जस्तै यस पटक धेरै टिम दर्ता हुने सम्भावना रहेको पनि बताए । धेरै टिम भए पनि व्यबस्थापन पनि सोहि अनुसार गरिने उनले बताए । खेलहरुको विस्तृत विवरण पछि जानकारी दिइने आयोजकले जनाएको छ ।

प्रवासमा खेल प्रतियोगीता मात्र नभई नेपाली नेपाली बीच भाइचाराको सम्बन्ध स्थापित गर्नको लागि पनि हो । खेलले सम्बन्धहरुलाई अझै नजिक बनाउँछ र साथीभाई बीच चिनजान पनि बढाउँ मद्धत गर्छ । प्रवासमा भेटघाट र जमघटको लागि खेल अपरिहार्य बनेको छ ।

खेल प्रतियोगीता आयोजना नजिकिए संगै नेपालीहरु बेल्लाहोए र रिपार्कनको मैदानमा खेल खेल्न शुरु गरिसकेका छन् । बेल्लाहोए को तीन वटा मैदानमा हरेक दिन नेपालीहरुले खेलिरहेको देखिन्छ । कुन टिमबाट को खेल्दै छ भन्ने चासो पनि उत्तिकै छ । अघिल्लो वर्ष हिमालयन क्लब, बेल्लाहोए क्लब र राइनो नेपाल युथ क्लब खेल अवधीभर चर्चीत बनेका थिए । हिमालयन युवाहरु र परिपक्व खेलाडी सम्मीलीत टिम हो भने, बेल्लाहोए क्लासिक टिम आफ्नै लयमा रहिरहेको टिम हो । पछिल्लो वर्षदेखि राइनो नेपाल युथ क्लब फुटबलमा निकै अगाडी आएको देखिन्छ । सो क्लब हालै नर्वेमा सम्पन्न विभिन्न देशका नेपाली टिमहरुको फुटबल प्रतियोगीतामा दोस्रो बनेको थियो ।