स्पेनमा महर्जन बने आल्तिया टेवल टेनिस च्याम्पियन


प्रकाश तिवारी, कोष्टा ब्लान्का

पुर्व राष्ट्रिय टेबल टेनिस खेलाडी गोपाल महर्जन “आल्तिया नेशनल टेवल टेनिस कन्सोलेसन च्याम्पियनस बनेका छन्। आल्तिया ओपन टेबल टेनिस च्याम्पियनसिप अन्तर्गत महर्जन कन्सोलेसन च्याम्पियनस बनेका हुन्।स्पेनको कोष्टा ब्लान्का स्थित पर्ने आल्तीय शहरमा हालै सम्पन भएको प्रतियोगितामा १ सय जना प्रतियोगीहरुबाट महर्जन उत्कृष्ट बने।

महर्जनले आल्तिया नेशनल कन्सोलेसन च्याम्पियनको उपाधिसँगै उत्कृष्ट खेलाडीको उपाधि समेत हात पारेका छन्।

महर्जन (दायाँ)
महर्जन (दायाँ)

महर्जनले यसअघि नेपालका लागि सार्क खेलमा पदहरु समेत दिलाएका थिए। सन् १९९९ देखि नेपालको राष्ट्रिय टिमबाट खेलेका उनले सन् २००४ मा पाकिस्तान र सन् २००६ मा श्रीलंकामा सम्पन्न भएका सार्क खेलमा नेपालका लागि कास्य पदक दिलाएका थिए। यता ११ बर्ष देखि स्पेन बस्दै आएका महर्जन अहिले पनि खेलमा सक्रिय रहेका छन्।

ठमेलको गल्को पाखा स्थायी घर भएका महर्जनले १९८९ देखि राष्ट्रिय स्तरबाट नै टेबल टेनिस शुरु गरेका थिए। गोरखा दक्षिण बाहुद्वारा सम्मानित महर्जनले उत्तर कोरिया, भारत र श्रीलंका बाट टेबल टेनिसको प्रशिक्षण लिएका थिए।