युरोपको सपना


बसन्त रानाभाट

एकान्त मुडमा कम्युटरको धुनमा थिए,एक्कासी ढोकाबाट एक हुल भित्र पस्यो,”नमस्कार सर “आरामै हुनु हुन्छ ? तिन जना अपरिचित सबैले हात अगाडी बढाउनु भयो । थकित भए पनि कता कता अनुहारमा छुट्टै चमकता जस्तो पनि देखिन्थो। बिस्तारै मैले पनि हात बढाए,हजुर म पनि सन्चै बरु कस्तो छ तपाईंहरुलाई ?

नौलो नौलो देखे नि ,त्यसैमा एक जनाले भन्नुभयो “हजुर हामी अलि नौलो नै परियो.. हि हि अब बिस्तारै पुरानो भइएला नि हैन सर” फेरी मैले भने हजुर भइन्छ। मलाई प्र्श्न आयो बरु तपाईं युरोप आएको कती भयो सर ? भयो पाँच बर्ष जति.. जवाफ दिदै मैले भने ।

त्यसै बिचमा अर्को एक जनाले भन्नु भयो “ए धेरै पो भएछ पुरानै हुनु पो भएछ”। म फेरी यसै मुस्कुराए तर थाहा छैन के सम्झेर मुस्कुराए ,हाम्रो बार्तालाप चलिरहदा घरमा हामी सँगै बस्ने दाइले कुरा खोल्न्नु भयो ,”उहाँहरु नेपालबाट आजै आउनु भएको अब भोली बिहानै पोर्चुगल जानु हुन्छ” ।

सेनजेन भिसा रहेछ १० दिन जतीको अब पेपर बन्न पोर्चुगल नै सजिलो होला हैन भाई, म त झस्के कुन्नी के सोचेको रहेछु, अनि मैले एकै छिन ढिलो गर्दै भए नि प्रतिकृया दिई हाले त्यही त पोर्चुगल नै ठिक होला ।

मेरो सोचाइ के थियो ? भने तिनीहरू कसरी आएका होलान् ? कती खर्च गरे होलान् ॠण गरेर आएको भए कहिले तिर्ने होलान् ? कस्तो सपना छ है ? मलाई लाग्न थाल्यो त्यो थकित अनुहारमा पनि देखिएको चमकताले युरोप छिरे पछि सायद आधा सपना त पूरा नै भईसकेको जस्तो उनीहरूको चेहेरा ….

विस्तारै मेरो मनको खुल्दुली मेटिदै गयो .. “आउन त सजिलै आईयो है अलि नेपालमै सोधपुछ बढि गर्ने है” ,त्यही त सवैले हो मा हो मिलाएर आपसमा कुरा गर्न थाले,त्यहीनेर म बिचमा पुवाक्क बोले .”सर हामी कतै अपहरणमा परे वा बन्धक बने सरकारले केही गरेन ,वास्ता गरेन,आदी आदी भन्छौ अव एयरपोर्टमा नसोधे कहाँ सोध्छ त नि” ?

मैले बोलेको कठोर जस्तो सुनियो होला, सायद मेरो बोलीले मन दुखाए जस्तो पनि लाग्यो । हामी आपसमा सर सर भनेर वोले पनि उनीहरू उमेरले धेरै सिनियर थिए,एउटा म भन्दा केही बढि,अर्को त छोराछोरी नै १० वर्षको , झन् अर्को त छोरी नै २१ वर्ष को रे ,मैले उनीहरूको यहाँ भन्दा बढी परिचय खुलाउन चाहिन,तर यत्तिमै कहि कतै पढेर चित्त दुखाउनु भयो भने म माफि चाहन्छु मेरो आशय तपाईहरूलाई अचानो बनाउने हैन की,बुझिदिनु होला तपाई हामी जस्तै धेरैको यथार्थता बाहिर ल्याउने प्रयास मात्र ।

हामी बिचको कुराकानी निकै घनिष्ट भई सकेको थियो,कुराकानी कमाई तिर, कामतिर अनि खर्च तिर केन्द्रित थियो । फेरि अर्को एक जनाले भने जे होस् आउदा भने दलालले रा्म्रोसँग चाजोपाजो मिलायो तर पैसा त लुट्नु लुटयो नि!

अब ठाउँमा आईएछ गर्न त गरिएला नी हैन सर, हो त भन्नै पर्यो जो कसैलाई सपना देख्ने अधिकार छ ,कसैले देखेको सपनालाई नमिठो बनाउन मन लागेन फेरि मैले थपे बिस्तारै बिस्तारै हुन्छ आत्तिनु हुदैन ,अब मेरो मनमा खेलेको एउटै कुरा के थियो भने कति रकम तिरे होलान् ? त्यसको लागि पनि मैलै धरै समय कुर्नु परेन ।

बिस्तारै सबै कुरा खोलिदै गए । त्यो स्बभाबिक पनि हो हामी नेपाली एकै ठाउँमा बसेर गफ गरे पछि के नै कुरा लुकाउन सकिन्छ र ? त्यही पनि बिदेशको ठाउँमा , त्यसै बिचमा अर्को एक जनाले भन्नु भयो “१२-१५ त खर्च गरियो अब कहिले तिर्ने हो”?

त्यस पछी त मेरो मनमा केहि जिज्ञासा रहेन्, मेरो मनमा सोचेका सबै जसो कुराहरुको उत्तर पाए । बरु अब नयाँ नयाँ जिज्ञासाहरु मनमा खेल्न थाले, हामी नेपाली कसरी गरीब ? ? १२-१५ लाख छिनमा खर्च गरेर बिदेश आउन सक्छौ । हुन त फेरी सजिलै पैसा जम्मा भएन पनि होला ,अनी यो नेपाली समाजले नेपालमा बसेर केहि गर्छु भन्दा सुको रकम पताउन्न,अनि बिदेश जान्छु भने पछी खोलो बगाउनै तयार ,हाम्रो परिपाटी नै यस्तै बसी राखेको छ ।

फेरी मलाई यहाँ धेरै आदर्श छाट््न भने मन लागेन्, आफै बिदेश बसेर नेपालमा यस्तो हुनु पर्थ्यो , त्यहिँ बसेर केहि गर्नु पर्थ्यो,भनेर भन्दा कसैले मलाई सोधी दियो त्यसो भए किन बिदेश गएको ? सायद जबाफ दिदा अगि खोकेका आदर्शहरु सबै खोक्रा पो हुन्छ्न कि ? त्यसैले यो बारे म आफुलाई यही रोक्न चाहे , हाम्रो कुराकानीको लगभग अन्तिम प्रहर थियो होला ,दुख सुख र केहि पारिबारिक कुराकानी सँगै म छुटिए र आफनो कोठा तेर्फ लागे, भोली बिहानै उनीहरू त पोर्चुगल लागी सकेछन् । हाम्रो भेट फेरि हुन पाएन ।

करिब २ महिना अगाडी पनि मलाई एक्कासी फोन आयो,मोबाइलमा नयाँ नम्बर थियो, नयाँ नम्बर बाट फोन आउँदा कमै रिसिभ गर्ने गर्छु तर त्यो दिन उठाइ हाले, ” बसन्त म अहिले स्पेन छु मैले तिम्रो नम्बर तिम्रो बुवा ममी लिएको म तिमी भएको ठाउँमा आउँदा यहाँबाट कसरी आउ, मेट्रो लिउ कि बस मा आउ कि के गरु” ? उनलाई बोलाए मैले गर्न पर्ने सबै ब्यबस्था गरी दिए ।

तर उनको कहानी झन् डर लाग्दो थियो , युरोप आउनै भनेर डेढ बर्ष दिल्ली बस्न्नु परेछ १२ लाख जती पैसा त पहिले नै बुझाएको थिए डेढ बर्ष सम्म दलालले रोकेर राख्यो मैले त आसै मारेको थिए फेरी कता कता बाट नयाँ प्रोसेस मिलायो । ५ दिनको सेनजेन भिसा रहेछ्, उ पनि धेरै नै खुशी थियो किन कि उसको पनि युरोपको सपना पुरा भएको छ किनकी उसलाई त आउनु नै ठुलो कुरा थियो एक अर्थमा हो पनि जस्तो ‘ १२-१५ लाख फसाएर नेपालमा कस्ले गन्छ ? पैसा कमाउने को महत्व हुन्छ ? फेरी त्यहाँ केहि गरु भने पनि ऋणमा डुबेको ऋणिलाई कसले ऋण दिन्छ ?

फेरी अर्को चिनजानका घनिस्ठ मित्रको कहानी उस्तै छ । फरक यतिमात्रै हो को उनको गन्तब्य फरक थियो ।उनको सपना युरोपको थिएन अमेरिकाको थियो, तर माध्यम उहि दलाल अलि मिलाएर भन्दा मानब तस्कर ,उनले अमेरिका पुग्न्ने सपना पुरा गर्नको लागि धेरै दुख बेहोरे त्यही पनि पुरा हुन सकेन्, धेरै जसोले त धेरै समय दिल्लीमा नै गुजार्नु पर्ने,त्यसपछी ब्राजिलमा धेरै समय गुजारे ,उनी सँग गएका केहि साथीहरु मेक्सिको हुँदै अमेरिका पनि पुगे तर धेरैको सपना उनको जस्तो भतभुङ्ग भयो,उनी लगायतका धेरै जसो ब्राजिल बाट नै हात धुनु पर्यो । उनको सपना मात्र तुहेन २४-२५ लाखको ठुलो ऋण अनि मन भरिको पिडा अहिले सम्म गुजारी रहनु परेको छ साहेद अब जिन्दगी भरी नै,,

हामी अमेरिका युरोप भन्ने बित्तिकै ज्यान नै फाली दिन्छौ आखिर त्यस्तो के नै छ र ? पहिले जस्तो छिर्ने बित्तिकै जिन्दगी बन्यो भन्ने त्यो अबस्था कहाँ नै छ र ? पहिले पहिले काम गर्ने कामदर कम थिए ,सानो तिनो काम मिल्ने थियो,पैसा पनि त्यही अनुरुप मिल्ले थियो होला । केहिले पैसा कमाए होलान् तर अहिले समय धेरै परिबेर्तन भइसकेको छ । साहेद हामिले दिएको भ्रमले पो होकी ?

बिदेश आउने बित्तिकै ठुलठुला गगन चुमी भवनको अगाडी बसेर ,फोटो खिचिदिन्छौ,सधै घुम घाम जस्तो गरी देखाबटी गर्दै फेसबुकमा तस्बिर राखिदिदा नेपालमा के गरु? कसो गरु?भन्दै दिकदार बनेका युबाहरूले बिदेशको सपना नदेखे अरु के देख्न सक्छन् ? हामी किन हाम्रो दुखको पिडा लेख्न सक्दैनौ ? एउटा ज्यान पाल्नको लागी इन्डियन अनि पाकिस्तानीको मा हप्त्तामा एक दिन पनि छुट्टी नपाइ भाडा मस्काएको कथा किन सुनाउन सक्तैनौ ?

वा पेपर बनाएर पनि हामिले कमाएको रकम त्यही पेपर जोगाउन सरकारलाई कर तिर्न अनि खाना बस्न ठिक्क भएको यथार्थता किन भन्न सक्दैनौ ? गैरी खेत बेचेर गरेको ब्यापर यहाँ जोखिम मोलेको किन भन्दैनौ ? जागिर नपाएर बसेका धेरै युबाहरु महिनौ जसो घर बाट पैसा मगाएर पेट पालेको किन लेख्दैनौ ? त्यतिमात्र कहाँ हो र ? त्यही पेपर बनाउन ८ देखी १० लाख सम्म खर्च गर्नु पर्ने तितो यथार्थता धेरैलाई थाहा छ तर हामी खोल्दैनौ ?

केहिको अवस्थाअलि राम्रै भए पनि धेरैले भोगेको तितो यथार्थता यही नै हो । आफ्नो दुख आफैसँग छ भन्दै हामीले धेरै दुखहरु लुकाएका छौ ,दिनहुँ जसो नयाँ कपडा फेर्दै फेसबुकमा तस्बिर अपडेड गर्ने हामीले कहिले आफ्नो पिडाहरुको चाङ्ग बाट एउटा मात्र भए पनि अपडेड गर्न सकिरहेका छैनौ किन ?

त्यसैले त यहाँ दिनहु जसो युरोपको सपना बुन्दै,छिरे मात्र पेपर बन्छ्, पैसा कमाउन सकिन्छ भन्ने सपना बुन्दै धेरै नेपाली भित्री रहेका छन् । कतै हामीले यहाँका यि यथार्थता हरुलाई लुकाएर पो हो कि? तर बताउदै नबताएको भने हैन,तर यो घर परिवार केहि आफन्तहरु सँग मात्र सिमित छ ।अरुको दुखमा हास्ने हाम्रो समाज भन्दै बाहिर खोल्न भने डराउछौ ।

जसरी होस् म युरोपमा पाइला टेके भने मेरो भबिष्य उज्वल छ भनेर १२-१५ लाख सम्म खर्च गर्नु धेरै मुर्खता हो,आफ्नो पढाइको सिलसिलामा अध्ययनको लागी आउनु त्यो फरक बिषय हो,त्यसलाई पनि छिर्ने माध्यम बनाएर कमाउछु भनेर आउँदा धेरै जटिल भैसकेको छ । किनकी कलेजको फि अनि खाना बस्नमा नै जोहो गर्दा नै धौ धौ छ कमाउन त मुस्किल नै होला । यो त आफु रहेको देशमा निर्भर रहने कुरा पनि हो ।

हुन त सपना देख्ने अधिकार सबैको छ्,कसैले देख्ने सपनलाई नदेख भन्न मिल्दैन अनि सकिदैन तर पनि दलाल वा मानबतस्करको बाटो हुँदै, आफुलाई जोखिममा मोल्दै,वा सम्मेलन ,सेमिनार ,गोस्ठि,साङगीतिक कार्यक्र्म,घुम्ने भिसाको नाममा मोटो रकम खर्च गरेर युरोपको सपना देख्नु आफैमा अधुरो छ ।

अली कमाइ हुने देशमा तपाइले अबैधानिक रुपमा लुकेर काम गर्दै गर्दा समातिए सिधै डिपोर्ट सिस्टम छ भने अबैधानिक रुपमा रहेर पनि पेपर बनाउन छु भन्दा ,करिब ८-१० लाख खर्च हुने अनि त्यो बिचमा पनि जागिर भएन भने घर बाट नै मगाउनु पर्ने अवस्था यथार्थता हो । आफु आउँदा देखी पेपर बन्दा सम्मको करिब ३० लाख सम्मको खर्च देखी देखी कुन नेपालीले यत्रो जोखिम मोल्दै युरोपको पेपर बनाउने सपना देख्न सक्छ होला ? तर यहाँ हजारौ युवाहरूले मोलीरहेका छन् ,कतै यो बिषयलाई राम्रो सँग न बुझेर पो हो कि ?

तर होला कतिपयले राम्रो कमाइ हुने मुलुकमा लुकेर काम गर्दै २-४ वटा घडेरी ,बजारमा घर बनाएका होलान् तर केहिले कमाएको मात्र देखेर भएन्,धेरै जनाको अवस्था कस्तो छ ? त्यसको पनि मुल्याङ्््कन हुन जरुरी छ ।

मैले इकित गरेका यि चुनौतीहरु केहि समय यता नेपालिहरुले भोगिरहेका हो तर पहिले देखी आएर जो बैधानिक छ्न््,धेरै जसो युरोपका मुलुकहरुमा उनिहरुको अवस्था राम्रो छ्,कमाइ राम्रो छ् ,जिबनस्तर पनि राम्रै देखिन्छ्,अब त्यसैको तुलना गर्दै त्यस्तै सपना बुन्दै युरोपको सपना बुन्नु ,सपना आफैमा अधुरो छ । “आफू भने कमाएको छ अरुलाई भने न आइज भन्छ, भन्दै जोखिम मोल्दै आउनेहरुको लागि समस्या सामना गर्न सायद कमजोर मुटुले युरोपमा काम गर्दैन होला”।

 

तपाईको प्रतिक्रिया