लेखनाथमा यात्रुवाहक बस दुर्घटना ६ जना घाईते


 

नेपालीनेपाली डटकम
पोखरा ,साउन ८ गते

पोखराबाट दमौली तर्फ जाँदै गरेको यात्रुवहाक वस बिहिबार विहान लेखनाथ नगरपालिकाको वडा नं. १ भण्डारढिकमा दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।

घाईते मध्ये बस सहचालक तनहुँ छाङ गाविसका २२ बर्षिय राजन जैसीको अवस्था गंभिर रहेको जनाइएको छ । उनको दाहिने खुट्टामा गंभिर चोट लागेको छ । अन्य सामान्य घाईतेहरु उपचार पछि घर फर्केको प्रहरीले जनाएको छ ।

स्थानीय श्रृंगा यातायात व्यवसायी समितिको मिनिबस गति नियन्त्रण गर्न नसकेपछि विपरित दिशामै पल्टिएको थियो । प्रत्यक्ष दर्शीका अनुसार सोही समितिका दुई बस एक अर्कालाई ओभरटयाक गर्दै आउँदो सो स्थानमा ग १ ख ३३२९ नम्वर बसले गति नियन्त्रण गर्न नसक्दा सडक छेऊमा पल्टिएको थियो ।