बार्सिलोना साङ्गितिक साँझ सम्पन्न


वसन्त रानाभाट,
वार्सीलोना स्पेन
स्पेनको बार्सिलोनामा रहेका कलाकारहरुको सकृयतामा “बार्सिलोना साङ्गितिक साँझ २०१४” सम्पन्न भएको छ ।

बढ््दो गर्मी सँगै शुरु भएको साङ््गितिक साँझमा नेपाली गित संगीत तथा नृत्यको जोडदार प्रस्तुतिले दर्शकहरु रमाएका थिए ।

नेपाल देखी साङगीतिक यात्रामा युरोप आएका चर्चित कलाकारहरु रेश्मा सुनुवार र अविनाश घिसिङ्ग ले पहिलो चोटी बार्सिलोनामा प्रस्तुती दिएका थिए ।

युरोपको बिभिन्न देशहरुमा पुगेर प्रस्तुती दिइसकेका यी दुई कलाकारहरुले आफ्ना चर्चित गितहरु प्रस्तुत गरेका थिए । गायक घिसिङगले “कलकते काईयो”,”चम्पा”,हिमाली गाउँमा लगायत एक दर्जन गितहरु प्रस्तुत गरेका थिए ।
गायिका सुनुवारले पनि “मै ठुली भैछुरे”,झिम्मकाइ देउ परेलि,हरेक पल तिम्रो लगायतका आफ्नना चर्चित गीतहरु गाउँदा दर्शकहरु निकै हौसिएका थिए ।
स्पेनमा नै कलाकारहरुका तिन वटा सङगठनहरु भए भन्दै, आलोचना हुदै आएको परिपेक्षमा सोमबार सम्पन्न कार्यक्रममा सम्पुर्ण कलाकारहरु मिलेर,एउटै कार्यक्रम गर्दा, हामी एकजुट छौ भन्ने सन्देश दिएका थिए ।
“पसिना बगाउ अब” बोलको देशभक्ती भावानाले ओतप्रोत गितमा अजय लोपचोन र भुबन अछामिले नृत्य गर्दा दर्शकहरु भावविहोल देखिन्थे ।
कार्यक्रममा स्थानिय कलाकारहरुले गित संगित तथा नृत्यहरु प्रस्तुत गर्दै मनोरन्जन प्रदान गरेका थिए भने, सम्पुर्ण गतिबिधिकोको प्रत्यक्ष प्रसारण स्थानिय अनलाईन रेडियो स्पेननेपालले गरेको थियो ।