नागरिकता बिना पनि मेशिन रिडेवल राहदानी


वसन्त रानाभाट,
वार्सीलोना स्पेन
नेपाल सरकारले सोह्र बर्ष नपुगी हस्तलिखित राहदानी लिएर बिदेश आएका तर बिदेश बस्दै गर्दा सोह्र बर्ष नाघेकाहरुको हदमा नेपाली नागरिकता बिना पनि मेशिन रिडेवल राहदानी दिन सक्ने निर्देशिका जारी गरेको छ ।
हस्तलिखित राहदनी लिएर बाबुआमासँग बिदेश आएका तर यता बस्दा बस्दै सोह्र बर्ष नाघे पछी ,मेशिन रिडेवल राहदानिको लागी आबेदन दिदा ,नेपाली नागरिता अनिबार्य हुनु पर्ने यस अघि प्रावधान हुँदा सयौको फाइल पासपोर्ट बिभागमा नै रोकिएको छ ।
फ्रान्स स्थित नेपाली राजदुताबास ,गैरआवासीय नेपाली संघको सातौं यूरोपियन क्षेत्रीय बैठक,गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेन,पोर्चुगल,फ्रान्स, ग्रिसका साथै,स्पेन स्थित बिभिन्न संघसस्था ,संगठनको पहलमा सरकारले ब्यवहारिक कारणले सम्भव नभई नियोगमा आबेदन गर्न आएमा पुरानो हस्तलिखित राहदानी, जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा नियोगले दुई बर्षको म्याद राखी मेशिन रिडेवल राहदानी जारी गर्न सक्ने प्राबधान गरेको हो ।
सरकारले सन् २०१५ देखी एमआरपी, राहदानी अनिबार्य गरिदिनु, तर बैधानिक बनेका बाबुआमा सँगै बिदेश आएकाहरु स्पेन,पोर्चुगल,फ्रान्स, ग्रिस लगायत थुप्रै मुलुकमा बस्ने नेपालीहरु यसै समस्याले महिनौ देखी अल्झिरहेका छन् ।
सरकारले राहदानी निर्देशिका २०६७ मा सामयीक संशोधन गर्नु परेको भन्दै राहदानी पहिलो संशोधन निर्देशिका २०७१ बनाएको हो ।

राहदानी निर्देशिका २०६७ को दफा २३ मा संशोधन उपदफा १० थप गर्दै लेखिएको छ,” सोह्र बर्ष नपुग्दै बिदेश गएका नेपाली हस्तलिखित राहदानी बाहक नेपाली नागरिकको सन्तानले बिशेष कारणबश नेपाल फर्कन नसकी बिदेशमै रहेका बखत सोह्र बर्ष नाघी स्वदेश फर्की नागरिकता प्रमाणपत्र ब्यवहारिक कारणले सम्भव नभई नियोगमा आबेदन गर्न आएमा पहिलो पटकका लागी मेशिन रिडेवल राहदानी जारी गर्दा आबेदकले पेश गरेको पुरानो हस्तलिखित राहदानी जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा नियोगले दुई बर्षको म्याद राखी मेशिन रिडेवल राहदानी जारी गर्न सक्नेछ । यसरी जारी गरिने राहदानीको नागरिकता प्रमाणपत्रको महलमा नाबालक परिचयपत्रको नम्बर उल्लेख गरिने छ । नाबाल परिचय पत्र पेश गर्न नसकी जन्मदर्ताको प्रमाणपत्र पेश गरेमा सो प्रमाणपत्रको नम्बर उल्लेख गरिने छ ” ।
नेपाल स्थित प्ररराष्ट्र मन्त्रालयले फ्रान्स स्थित नेपाली राजदुताबासलाई यो बारे जानकारी गराएको साथै यसै सन्दर्भमा मन्त्रालयबाट आफुलाई समेत इमेल पाप्त भएको गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एकराज गिरिले जानकारी दिए । उनले भनेका छन् ” यो अत्यन्तै स्वागत योग्य काम हो,यो कसले गर्यो हैन, सबैको पहलले भएको हो,सबैको ठुलो योगदान छ, समस्याको समाधान भएको छ धेरैका फाइलहरु रोकिएका छ्न् अब छिट्टै कामले तिब्र लिन्छ म ढुक्क छु, नेपाल सरकार लगायत यो काममा सकृयता देखाउने सबैलाई धन्यबाद”।
गिरिले बिदेशमा अबिबाहित आमाबाट जन्मेका बच्चाको समस्या लगायत,परिवार पुर्नमिलनको प्रकृया पनि दिल्ली हैन अब काठमाडौंबाट नै गराउन पहल गर्ने बताएका छन् ।
जारी निर्देशिका बारेमा थप जानकारी लिन फ्रान्स स्थित नेपाली राजदुत मोहोन कृष्ण श्रेष्ठ सँगको सम्पर्क प्रयास भने असफल भएको छ ।

निर्देशिकामा बिदेशी नागरिकसँग बिबाह गरी तर बिदेशको नागरिकता पाप्त नगरेको नेपाली महिलालाई पुरानो राहदानी को थरलाई आधार मानी नेपाली प्रमाणपत्र पेश गरी राहदानी अनुसारको थर एमआरपीमा जारी गरिने उल्लेख गरिएको छ ।
यसैगरी बिदेशमा रहेका नेपालिले म्याद समाप्त भएको पुरानो राहदानी हराएमा र हराएको कुरा प्रमाणित गरी प्रहरी प्रतिबेदन पेश गर्न नसक्ने कारण उल्लेख गरी निबेदन पेश भए सम्बन्धित नियोगले सुचना दिएको सात दिनपछी नयाँ राहदानी जारी गर्ने प्रकृया शुरु गर्नु पर्ने भनी निर्देशिका जारी गरिएको छ ।
तर यसअघी पुरानो राहदानी हराएमा आफु बसेको देशको प्रहरी कार्यलयमा गइ पुलिस रिपोर्ट बनाउनु पर्ने झन्झट नेपालीहरुले ब्यहोर्दै आएका छन् ।
” एमआरपी पासपोर्ट तथा १६ बर्ष पुगेका दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुको राहादानी सहज रुपमा प्राप्त गर्ने वातावरण तयार गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ” भन्दै गैरआवासीय नेपाली संघको बार्सिलोनामा सम्पन्न सातौं यूरोपियन क्षेत्रीय बैठकले निर्यणको तेस्रो बुदाँमा उलेख्ख गरेको थियो ।