नेवाः मिसा पुचः नयाँबजारको अध्यक्षमा रमा श्रेष्ठ


 

सन्देश श्रेष्ठ,
पोखरा,

नयाँ बजार सांस्कृतिक समिति पोखराको शनिबार सम्पन्न भेलाले रमा श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नेवाःमिसा पुचः नयाँबजार समिति गठन गरेको छ ।

त्यस्तै, सोही भेलाले अनुप ताम्राकारको अध्यक्षतामा ९ सदस्यीय यूवा समिति (ल्याम्ह पुचः) गठन गरेको छ ।
उक्त अवसरमा नयाँबजार सांस्कृतिक समिति पोखराले नेवा खलः कास्कीको नयाँ नेतृत्वलाई स्वागत तथा बधाइ ज्ञापन गरेको थियो ।

समितिले करेण्ट लागेर गम्भीर घाईते भई उपचाररत विपन्न परिवारका सुमित रञ्जितलाई ८ हजार ८ सय ५८ रुपैयाँ सहयोग पनि प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार–नेवारबीच आपसी सहयोगी भावना राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेवारी एकताबाटै नेवारी सभ्यता जोगाउन सकिने भएकाले सबै नेवार एकजुट हुनुपर्ने बताउनुभयो ।

नयाँ बजार सांस्कृतिक समितिका सभापति शम्भूलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।