प्रदेशको पिडाबाट बुझौ-हेमन्त रानाभाट


–  हेमन्त रानाभाट
संसार जित्ने यि पाखुराहरु आज,
बिदेशमा गुलामी गर्नु परेको छ ।
अशान्ती र युद्दले निसास्सिएर,
बुद्दको बसाई अन्तै सरेको छ ।
भाई भाईको नातालाई टुटाएर ,
देश नै सिध्याउने रोग सरेको छ ।
हाम्रो लागी झुक्ने संसार सामु,
आज सगरमाथा निहुँरिनु परेको छ ।
लौ न अब त देश बिकासको लागी जुटौ,
नेपाल आमाको आँशुलाई पुछौ ।
आखिर देश कती महान छ,
प्रदेशको पिडाबाट बुझौ ।

-एन.आर. एन. ए कोषाध्यक्ष,तथा रेडियो स्पेननेपाल सन्चालक सदस्य