युरोपेली बैठकमा किन आएनन् उपाध्यक्ष भवन भट्ट ?


प्रकाश ढकाल ।

हालै जर्मनीको फ्रयान्कफर्टमा दशौँ युरोप स्तरीय बैठक तथा आठौँ महिला सम्मेलन सम्पन्न भैसकेको छ । बैठक सम्पन्न भै पन्ध्र बुंदे घोषणा समेत भएको छ । एन आर एन का अभियान्ता उपेन्द्र महतो देखि जीवा लामिछाने सम्म उपस्थिति तथा वर्तमान अध्यक्ष शेष घले समेतको सहभागीतामा सम्पन्न बैठकमा दुइ उपाध्यक्षहरु भवन भट्ट र  मध्य कुमार पन्त मध्य पन्त मात्र उपस्थिति थिए भने भट्ट उपस्थित हुन सकेनन । अस्ती भर्खरै देशको त्रिभुवन विमानस्थल सफा गरेर चर्चा कमाएका भट्ट उपस्थित हुन नसक्नु सबैको चासो रह्यो ।

एन आर एनका हस्तीहरु उपस्थिति भएको ठाउँमा उपाध्यक्ष समेत उपस्थिति हुन नसक्दा धेरैमा अन्यौल समेत छायो । यसै कारण यो फ्र्यांकफर्ट  बैठकमा सर्वाधीक खोजी गरिएका समेत बने उनी ।

धेरैले विभिन्न आंकलन समेत गरे । कसैले भन्दै थिए बिरामी भएर त कसैले भन्दै थिए व्यवसायीक कारण देखाउंदै थिए । यहि कुरा जान्नलाइ उनलाई पटक पटक सिधा फोनमा सम्पर्क गर्ने कोशिश गर्दा उनी उपलब्ध हुन सकेकन । उनी आँफु  उपस्थी हुन नसक्दा पिडा भएको भन्दै उनले सामाजीक संजाल फेसबुकमा निम्न कुराहरु उल्लेख गरेर स्टाटस राखेका थिए ।

“Unity amoung Nepalase In Europe For A Prosperous Nepal” भन्ने मुल नारा सहित हुनगैरहेको गैर आवासीय नेपाली संघको दशौ यूरोप क्षेत्रीय बैठकको पुर्ण सफलताको कामना सहित आयोजक साथिहरुलाई हार्दिक धन्यबाद दिन चाहान्छु तथा गैर आवासीय नेपाली संघको दशौ यूरोप क्षेत्रीय बैठक एन आर एन अभियानमा नौलो आयाम थप्न सफल हुने बिश्वास लिएको छु
एन आर एन अभियान यहासम्म आईपुग्दा गैर आवासीय नेपालि का लागि मात्र होईन सम्पुर्ण नेपाली तथा सिङगो राष्ट्रका निमित्त आशाको केन्द्र बिन्दु बनिसकेको आजको यथार्थ हो । यो आजको यथार्थ मात्र होईन एन आर एन अभियानको ठुलो उपलब्धि हो र त्यो भन्दा पनि माथि हामि सम्पुर्ण एन आर एनहरुका निमित्त ठुलो हाक हो, चुनोति तथा जिम्मेवारिहो। यो जिम्मेवारिलाई हामि सबेमिलेर तार्किक निस्कर्समा  पुर्याउनु आजको आवश्यक्ता हो।

एन आर एनको आफ्नै एउटा केन्द्रिय कार्यालय, लाप्राक नमुना बस्ति तथा बिदेसमा हामिले सिकेको सिप तथा पुजि र प्रबिधि लाई देशमा भित्राउने हामि सबै एन आर एनहरुका साझा सपना लाई यथार्थमा परिणत गर्नका निमित्त आज सिङगो एन आर एन एकबद्ध भएर अगाडि बढन आवश्यक भैसकेको छ।

एन आर एनका साझा सपनाहरुको एक सारथिका रुपमा आज तपाइहरुमाझ भौतिकरुपमै उपस्थितहुन नपाउदा पिडा बोध भैरहेको छ। मेरो सम्पुर्ण तयारि भैसकेर पनि बिषेस कारण बस अन्तिम समयमा आएर यात्रा स्थगित गर्नुपरेकोले सबै संग क्षमा याचना गर्दछु र हाम्रो दशौ यूरोप क्षेत्रीय बैठकको पुर्ण सफलताको कामना गर्दछु”

उनले उपस्थीत हुन नसक्नुको ठेट कारण बताएका छैनन्। यसरी उनको उपस्थितिमा उनको सहभागी रहने छलफलका केहि कार्यक्रमहरु प्राभवीत समेत् बनेका थिए । आखीर किन उपस्थिति हुन सकेकन त उनी ? यसको केहि विश्लेषण गर्न खोजिएको छ ।

प्राविधीक कारण
जापानमा उनी एक सफल व्यवसायी भएको कारण आफना व्यापारीक साझेदारहरुसंगको केहि महत्वपूर्ण बैठकको कारण आउन नसकेका हुन सक्छन । व्यवसाय ठुलो भएपछि कहिलेकाहीं अपर्झट बैठक अर्को व्यापारीक  साझेदारसंग गरी केहि कुरो टुंगो लगाउनु पर्ने हुन्छ ।

व्यक्तीगत कारण
कहिलेकाहीं स्वास्थ्यमा आउने गडबडीका कारण महत्वपूर्ण आफ्नो शरीर र स्वास्थ्य बन्न पुग्छ यस्तै कारण उनी बिरामी परेर आउन नसकेका हुन्छन ।

भावी नेतृत्वको दौड
आगामी अक्टोबर महिनामा काठमाडौँमा हुने ग्लोबल सम्मेलनमा नयाँ नेतृत्व आउने तय भैसकेको छ किनकि अध्यक्ष शेष घलेले अक्टोबर पछि एन आर एनमा सक्रिय नरहने घोषणा त्यहीं फ्र्यांकफर्टमा गरिसके । यस परिप्रेक्षमा भावी नेतृत्वको दौडमा भवन भट्ट र कुमार पन्त देखिएका छन् । यस्तो अवस्थामा उनी आउन नसक्नु निकै उनकै निम्ती चुनौती हुने देखिन्छ । किनकि पन्तले सबैसंग भेटघाट गरी आफनो कुरा राख्ने सुनौलो मौकाको सदुपयोग गरेको देखियो ।

भिसाको समस्या वा अन्य कुनै
अर्को देशमा बैठक हुँदा भिसा हुनु जरुरी हुन्छ, व्यापारीक व्यक्तीहरु व्यस्त हुने भएकोले यस्तो कुराहरु आफना सहयोगीले हेर्ने गर्दछन । युरोपमा भिषाको म्याद निश्चीत अवधीको हुन्छ । युरोपेली देशहरुमा बढीमा तीन महिनाको भिजीट भिसा हुने गर्दछ । भट्ट यसअघी पटक पटक युरोप आएकै हुन् त्यसैले आफनो राहदानीमा अझै ‘भ्यालीड भिसा’ रहेको उनलाई लाग्यो होला र त्यसै नहेरी हिडेका हुन सक्छन र विमानस्थलमा भिसा जांच गर्ने अधिकारीले पत्तो पाएको हुन सक्छ र उनी जर्मनी जान नपाएका हुन सक्छन ।

उनका सहयोगीले राहदानीमा भिसा भए नभएको पत्तो नपाएका हुन सक्छन । किनकि भिसा लगायतका कुराहरु आफनो सहयोगीले हेर्ने हुँदा भट्ट स्वयंले पत्तो नपाएका हुन सक्छन । सबैभन्दा बढी यहि सम्भावना रहेको देखिन्छ नत्र माथि उल्लेखीत भिसा बाहेकका अन्य कुराहरुले यस्तो महत्वपूर्ण बैठकमा उपस्थित हुन छेक्दैन । भावी नेतृत्वको दौडमा रहेका उनी जसरी पनि आउँन चाहन्थे । त्यसकारण उनको राहदानीमा युरोपको ‘भ्यालिड भिसा’ नरहेको कारण उनी आउन नसकेको देखिन्छ ।