मुटु जल्छ छाती भित्र लुकी-शालिकराम डुम्रे


– शालिकराम डुम्रे

कविता

आँसुले पिडा बगाउने भए ,
मायाले पेट अघाउने भए ,
आँखा छोपि भकानिदै किन बस्थे रोई ?
दैलो-दैलो भिख माग्दै किन हिँड्थे कोहि ?
******************
घामले सोच्छ वादल ठूलो, मलाई छेक्न सक्छ!
वादल सोच्छ हावा ठूलो, मलाई बोक्न सक्छ!!
हावा सोच्छ पहाड ठूलो, मलाई रोक्न सक्छ!!!
सबैले देख्छन अरुलाई खुशी आफु मात्रै दुखी!
तर सबैले भुल्छन मुटु जल्छ छाती भित्र लुकी

– ब. उपाध्यक्ष नेपाली जनसम्पर्क समिती स्पेन