ज्ञान को भण्डार खरानी भइ जल्यो- बिष्णु रिजाल


-बिष्णु रिजाल

आर्जन गर्न ज्ञान को भण्डार , युबा कलेज जान्छन
कलेज लाइ नै बिद्या रुपी , सबै मन्दिर ठान्छन
त्यो मन्दिर का देबता हुन , लाइब्रेरीका पुस्तक
पुस्तक जलाई आफु आफै , बहादुरी ठान्छन |
यस्ता पनि आए दिन , होडमा होड चल्यो
ज्ञानको भण्डार हेर्दा हेर्दै , खरानी भइ जल्यो
कलम थाम्ने कोमल यी हात , भए लतपत
लाठि चक्कु तरवार ग्रिनेड , आयो बनि जल्यो |
सरस्वति को मन्दिरमा , कसैको बास छ
सुध्रिएला युबा जमात , अझै पनि आश छ
देश हाक्ने युबा पिढी , अलमलाएको देख्दा
चर्चाराउछ छाती मेरो , यिनी हरफ लेख्दा |
जलाई किताब मुस्कुराउने , कस्तो चलन आयो
आगो लगाई घरमा बस्ने , कस्तो चलन आयो
सिमा नाग्यो कुरीति ले , अब फेर्नु पर्छ
देउता जलाई मन्दिर पुज्ने , कस्तो चलन आयो

सल्लाहकार / जनसम्पर्क समिति , स्पेन