ट्रान स्ट्राइकर डिडिए ड्रोग्बा चेल्सीमा फर्किए


काठमाडौं ,

भेट्रान स्ट्राइकर डिडिए ड्रोग्बा चेल्सीमा फर्किएका छन् । गालाटासरे छाडेयता क्लबविहीन रहेका आइभरीकोष्टका ड्रोग्बा एक वर्षका लागि चेल्सी फर्किएका हुन् ।
२०१२ को च्याम्पियन्स लिगको फाइनलमा बार्यन म्युनिखविरुद्ध पेनाल्टीमा विजयी गोल गरेपछि उनले चेल्सी छाडेका थिए ।
ड्रोग्बाले भनेका छन्–यो मेरो लागि सहज निर्णय थियो । म माउरिन्होसँग काम गर्ने अबसर गुमानउ चाहन्न ।’
चेल्सीसँग आफ्नो विशेष सम्वन्ध रहेको भन्दै उनले जीवनको नयाँ सुरुवातका लागि उत्साहित रहेको बताए ।
सन् २००४ मा जोजे माउरिन्हो प्रशिक्षक रहँदा ड्रोग्बा फ्रान्सेली टोली मार्सेबाट चेल्सी आएका थिए । उनले चेल्सीलाई ३ प्रिमियर लिग, ४ एफए कप, २ लिग कप र १ च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेले ।
चेल्सीका प्रशिक्षक माउरिन्होले ड्रोग्बा अहिले पनि युरोपको उत्कृष्ट स्ट्राइकर भएको बताए ।