एनआरएन विशेष समितिको निष्कर्ष :-गौरी जोशी उम्मेदवार बन्न योग्य


एनआरएन अमेरिकाको अध्यक्षका प्रत्यासी गौरी जोशी उमेद्वार बन्न योग्य भएका छन्। एनआरएनको बिशेष समितिले जोशीलाई उमेद्वार बन्न योग्य रहेको निष्कर्ष निकालेको हो। निर्बाचन प्रक्रियामा बिबाद देखिए पछि बनेको गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा जोशी उम्मेदवार बन्न योग्य भएको विशेष समितिले ठहर गरेको छ । गैरआवासीय नेपाली संघको गत आइतवार फ्रयाङफर्डमा सम्पन्न बैठकले विशेष समिति गठन गर्दै छानबिन प्रक्रिया अगाडी बढाएको थियो।

विवाद समाधानका लागि संघले छानविन गरी प्रतिवेदन बुझाउन संरक्षक दिल गुरुङ, सल्लाहाकार विश्वआर्दश पण्डित र पूर्वप्रवक्ता डा. हेमराज शर्मा रहेको समिति गठन गरेको थियो ।समितिले गैरआवासीय नेपाली संघ अमेरिकाको स्थापान र अध्यक्ष पदका प्रत्यासी गौरी जोशीको योग्यताका सम्वन्धमा करिब ३० पेज लामो प्रतिवेदनमा ३२ वटा दस्तावेज सहित ४ सय पेज भन्दा बढीको प्रमाण जुटाएको बताएको छ ।