कुमार र अरुणा बने कास्की वर्ष खेलाडी


पोखरा – वर्ष खेलाडी उत्कृष्ट महिला तर्फ भलिबलकी अरुणा शाही र पुरुष तर्फ कुमार अधिकारी भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले शनिबार आयोजना गरेको दोश्रो पोखरा स्र्पोट्स अर्वाडमा बर्ष उत्कृष्ट खेलाडी भलिबलकी अरुणा शाही हुदाँ पुरुष तर्फ लन टेनिसका कुमार अधिकरी भए । फुल कन्ट्याक्ट कराँतेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङ लाई पछाडीपादै शाही बर्ष उत्कृष्ट खेलाडी बन्न सफल भईन् । यता वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्पm लनटेनिसका कुमार अधिकारीले क्रिकेटका करण केसी, लन टेनिसका कुमार अधिकारी र ह्याण्डबलका विशाल वस्नेतलाई उछिने ।

 

यसैगरी, उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामा घोषित हुनुभयो । भारोत्तोलनका वखतमान श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रा मल्ललाई उन्छिदै लामाले उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्नु भएको हो भने बर्ष उत्कृष्ट खेल संघबाट कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिएको छ । कार्यक्रममा वर्ष उत्कृष्ट उदियमान खेलाडीमा भलिबलकी ममता डगौरा घोषित हुनुभयो । यस वर्ष भलिबल खेलले दुई अवार्ड जित्न सफल भयो । उत्कृष्ट महिला र उदियमान गरि दुई विद्यामा भलिबलले अवार्ड हात पारेको हो ।

 

उदियमान खेलाडीको मनोनयमा एथ्लेटिक्सका दर्शना बुढा मगर र सागर नेपाली पर्नुभएको थियो ।वर्ष उत्कृष्ट महिला, उत्कृष्ट पुरुष खेलाडीलाई नगद २५ हजार रुपैयाँ सहित अवार्ड प्रदान गरिएको थियो भने प्रशिक्षक, उदियमान खेलाडी र संघलाई नगद १० हजार अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा गायतक प्रमोद खरेल, विनोद बानियाँले आफनो गीत प्रस्तुत गर्नुभएको थियो । यस्तै बीबोईङ, जुम्बा डान्सका साथै सालैजो तथा झ्याउरे नृत्य राष्ट्रिय भावका गीतमा नृत्य र मार्शल आर्टसका खेलाडीहरुको डेमो प्रर्दशन गरेका थिए ।अवार्डको नोमिलेशनम परेका खेलाडीहरुले ¥याम्प वाक समेत गर्नुभयो ।

 

अवार्ड विजेता खेलाडीलाई खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य, महासचिव प्रकाश तिमिल्सिना, ओलम्पिक कमिटिका सदस्य तेजबहादुर गुरुङ्ग, राष्टिय खेलकुद परिषद्का सदस्य फत्त गुरुङ्ग, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, सहारा क्लबका अध्यक्ष विरभद्र आचार्य, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ्ग लगायतले अवार्ड वितरण गर्नुभएको थियो ।

 

रानाभाटलाई लाइफटाइम अचिभमेन्ट अवार्ड सम्मान

 

मञ्चले प्रदान गर्ने लाइफटाइम एचिभमेन्ट अवार्डबाट यसवर्ष पूर्व अन्तर्रा्ष्ट्रिय धावक खड्गबहादुर रानाभाटलाई प्रदान गरियो । लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित ६९ वर्षीय रानाभाटले १४ वर्षको उमेर (२०२०) देखि आफनो खेल जीवन सुरु गर्नुभएको थियो । एथलेटिक्स, भलिबल र फुटबलका राष्ट्रिय खेलाडीसमेत रहनु भएका उहाँले सन् १९७० मा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं एसियाली खेलमा नेपालको तर्फबाट सहभागी हुँदै ३ हजार मिटरको स्टिपल चेजमा आठौं स्थान हाँसिल गर्न सफल हुनुभएको थियो । २०४१ सालमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रशिक्षक रहनु भएको रानाभाट २०६८ मा परिषदको सदस्य समेत बन्नुभयो । गत वर्ष सम्पन्न पहिलो पोखरा स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई प्रदान गरिएको थियो ।पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यले रानाभाटालाई अवार्डबाट सम्मान गर्नुभएको थियो ।