जयबर्द्धनेको ३४ औं टेस्ट शतक


कोलम्बो – महेला जयबर्द्धनेले ३४ औं टेस्ट शतक प्रहार गरेपछि सुरुआतमा संकटमा परेको श्रीलंका बिहीबार बच्न सफल रह्यो। दोस्रो टेस्टको पहिलो दिन खेलको समाप्तिसँगै उसले दक्षिण अपि|mकाविरुद्ध ५ विकेटको क्षतिमा ३ सय ५ रन जोडेको छ। जयबर्द्धनेले २ सय २५ बलको सामना गर्दै आकर्षक नटआउट १ सय ४० रन जोडेका छन्। त्यसमा १६ चौका र एक छक्का पनि सामेल छ। उनले सिन्हाली स्पोट्र्स क्लबमा ११ औं पटक टेस्ट शतक प्रहार गरेका हुन्। उनको त्यो सफलतामा त्यो मैदानको कीर्तिमान हो। सुरुआतमा डेल स्टेयन चम्केपछि श्रीलंकाले १६ रनमा २ विकेट गुमाएको थियो। जयबर्द्धनेले तेस्रो विकेटका लागि कुशल सिल्भासँग ९९ रनको साझेदारी गर्नुअघि स्टेनले २ बलमा २ विकेट निकालेका थिए। स्टेनले २ विकेट लिएर ५५ रन खर्चेका छन्। सिल्भाले ४४ रन जोडे। जयबर्द्धनेले चौथो विकेटका लागि भने कप्तान एन्जेलो म्याथ्युससँग मिलेर १ सय ३१ रनको बलियो साझेदारी गरे। त्योसँगै श्रीलंका बलियो स्थितिमा पनि पुग्न सफल भयो। म्याथ्युज ६३ रन बनाउने पभेलियन फर्के। जयबर्द्धने यो महिना टेस्ट क्रिकेटबाट संन्यास लिँदै छन्। उनले आफ्नो मन पर्ने मैदानमा उत्कृष्ट खेले। श्रीलंका दुई खेलको शृंखला बराबरी गर्ने अभियानमा रहेको छ किनकि पहिलो टेस्ट दक्षिण अफ्रिकाले जितेको थियो। सुरुआतमा म्याथ्युसले टस जिते तर आक्रामक रूपमा दक्षिण अफ्रिकी बलर स्टेयन देखिए। उनले पहिलो सिकार उपुल थारंगालाई बनाए। त्यसपछि क्रिजमा आएका कुमार संगाकारालाई उनले पहिलो बलमै पभेलियनको बाटो देखाइदिए। त्यसपछि जयबर्द्धने र सिल्भाले इनिङ्सलाई अघि बढाए। तर २ विकेट लिँदै ५८ रन खर्चेका स्पिनर जेपी डुमिनीले सिल्भालाई आउट गरे। सिल्भालाई १० रनमै पभेलियन फर्काउने मौकामा त्यसअघि दक्षिण अफ्रिका चुकेको थियो। अल्भिरो पिटरसनले उनको क्याच ड्रप गरेका थिए। जयबर्द्धनेले आफ्नो ४९ औं टेस्ट अर्धशतक ५८ बलमै पूरा गरेका थिए। उनले लन्चअघिको सत्र दक्षिण अपि|mकालाई पूरै दबाबमा राखे। त्यसमा पनि स्पिनर इमरान ताहिरलाई उनले सिकार बनाए। उनले शतक भने डिन इल्गारको फुल टस बलमा सुइप गर्दै प्रहार गरेका थिए। चिया सत्रअघि उनले दुई रन कुर्दै शतक प्रहार गरेका हुन्। म्याथ्युसले आफ्नो अर्धशतक एक सय बलमा पूरा गरेका थिए। पहिलो टेस्टभन्दा श्रीलंकाले दोस्रोमा तीन खेलाडी परिवर्तन गरेको थियो।