राजा सहितको प्रजातन्त्र अपरिहार्य


पोखरा,

राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले राजा सहितको प्रजातन्त्र पुनर्स्थापनाका लागि आन्दोलन आवश्यक रहेको बताएका छन।
राजनैतिक दलहरुले प्रजातन्त्र हटाएर लोकतन्त्र ल्याएको भएता पनि त्यसलाई संस्थागत गर्न नसकेकोले राजा सहितको प्रजातन्त्र अपरिहार्य रहेको गुरुङको भनाई छ। राप्रपा नेपाल कास्कीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै महामन्त्री गुरुङले राप्रपा नेपालले राजा सहितको प्रजातन्त्र स्थापनाका लागि आन्दोलन गर्ने तयारी गरिरहेको बताए।

राजनैतिक दलहरुले राजसंस्था र प्रजातन्त्रलाई हटाएर लोकतन्त्र ल्याएको भएतापनि लोकतन्त्रप्रति उनीहरुले वफादार हुन नसक्दा नेपाली जनताले दुख भोग्नुपरेको बताउदै राप्रपा नेपालको आन्दोलनमा नेपाली जनताले साथ दिने बताए।

अहिलेको संविधान सभाबाट कुनैपनि हालतमा संविधान निर्माण हुने नसक्ने र कथं कदाचिद संविधान जारी भएर संविधानमा राजसंस्थाको वारेमा कुनैपनि बुँदा उल्लेख नगरे शसक्त आन्दोलन चर्काउने वताए।

सरकारवादी दलहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाइएको भएतापनि राप्रपा नेपालसग कुनै सहकार्य नगरकोमा आक्रोश ब्यक्त गर्दै महामन्त्री गुरुङले राजनीतिक दलहरुले मोदी राजसंस्थाप्रति वफादार ब्याक्ति भएको भन्दै शंका गर्नु नजायज भएको बताए।

मोदीको भ्रमणबारे आफुहरु सकारात्मक भएतापनि सरकारबादी दलहरु शसंकित भएकाले यसले सरकारबादी दलहरुप्रति शंका उपशंका उत्पन्न भएको उनको भनाइ रहेको थियो।

राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ कुलु, जिल्ला उपाध्यक्ष नेत्र बहादुर बस्नेत लगायतले वोलेका थिए।