डेनमार्कमा तीज भव्य रुपले मनाइंदै ।

यस पटकको तीज 'अर्गानीक तीज' हुने


कोपनहेगन । यो वर्षको तीज डेनमार्कका नेपाली चेलीहरुले भव्य रुपमा मनाउने तयारी गरेका छन् । यो पटकको तीज पूर्णतया सामान्य र परम्परागत रुपमा ‘अर्गानीक तीज’ को रुपमा मनाउने तयारी भैरहेको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि डेनमार्कमा नेपाली नारीहरुको संस्था क्रीएटीभ नेपलीज वोमन इन डेनमार्क’ ले बिशेस तीज कार्यक्रम को आयोजना गर्न लागेको हो ।

‘स्वस्थ शरीर सुखी जीवन को एउटा मुख्य आधार हो, त्यसैले स्वस्थ रहौं सुखी बनौं’ भन्ने मूल संदेशका साथै नेपाली महिला दिदिबहिनीहरुको लागि विषेस रचनात्मक क्रियाकलाप र नेपाली कलासंस्कृति झल्कने प्रस्तुतिहरुका साथ तीज कार्यक्रम मनाइन लागेको संस्थाकी महासचीव मीना पौडेल घिमिरेले जानकारी दिएकी छिन । साथै कार्यक्रम बाट संकलन हुने सम्पूर्ण रकम नेपालका असहाय बृद्ध बृद्धाहरुको सहयोगका लागि खर्च गरिने पनि उनले जानकारी दिइन ।

यस पटकको मुख्य आकर्षण रहेको छ ‘अर्गानिक र्याम्प’ जहाँ डेनमार्क मा रहेका नेपाली महिला दिदि बहिनिहरुले कलात्मक तरिकाले फलफुल, तरकारी,गेडागुडी, फुल, मसला आदि बाट तयार पार्नु भएका विभिन्न गर गहना, पहिरन आदि प्रस्तुत गरिने छ साथै परम्परागत तीज भाका र नृत्य का साथमा मनोरन्जनात्मक प्रस्तुतिहरु रहने जानकारी दिइएको छ । तीज कार्यक्रम निम्न मिति र स्थानमा मनाइने भएकोले डेनमार्कमा रहने सम्पूर्ण नेपाली दिदि बहिनिहरुलाई सहभागी हुनको लागि आव्हान समेत गरेको छ । यस पटक अलिक फरक खालको कार्यक्रम भएकोले कार्यक्रम सफल र भव्य हुने अपेक्षा गरिएको छ ।
मिति: यहि अगष्ट ११ तारिख शुक्रबार
स्थान: Kulturhuset Indre by, Charlotte Ammundsens Plads 3, 1359 København
समय: साँझ ४ बजे देखि
प्रवेश शुल्क जम्मा ३० क्रोनर
साथै रोयल आग्रा प्यालेसद्वारा दर को ब्यबस्था ७० क्रोनर मात्र