ह्याप्पी न्यु इयर फिल्मको टिजर रिलिज


राजाराम पौडेल,पोखरा – नेपाली फिल्म ह्याप्पी न्यु इयरको टिजर सार्वजनिक भएको छ । केहि दिन अघि सार्वजनिक भएको टिजरलाई दर्शकले रुचाउन थालेपछि निर्माण पक्ष उत्साहित भएका छन् । फिल्मको टिजरमा पोखरेली नायक कुशल थापा, सन्ध्या केसी र पुकार गौतम देखिएका छन् । रती थापाले निर्माण गरेको यो फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नयाँ वर्षको अवसरमा घटेको घटनालाई आधार बनाएर फिल्म निर्माण गरिएको हो । आरके एम प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्मका मनोज अधिकारी लाइन प्रोड्यूसर हुन् ।

फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा पदम शाक्य लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको सम्पुर्ण छायाकंन अष्टे«लियाको सिड्निीमा भएको हो । झण्डै सवा २ घण्टा लामो फिल्ममा तीन वटा गीत रहेका छन् ।

एक करोडको लगानीमा निर्माण भएको फिल्मलाई न्यु इयर अगाडी अष्ट्रेलिया, लन्डन, हङकङ, दुबईमा प्रर्दशन गर्ने निर्माण पक्षको तयारी छ । नेपालमा भने अंग्रेजी नयाँ बर्षको अवसर पारेर पौष १४ गतेबाट फिल्म रिलिज हुने निर्माण पक्षको भनाइ छ ।

फिल्म वितरणको जिम्मा काठमाण्डौ उपत्यकामा गोविन्द शाही र काठमाण्डौ उपत्यका बाहिर केदार पराजुलीले पाएका छन् । फिल्म मार्फत दर्शकले नयाँपन पाउने निर्माणकर्ता रती थापाले बताइन् । फिल्मको कप्लिट प्याकेज राम्रो बनेकोले आफु यो फिल्मबाट निकै आशावादी रहेको पोखरेली नायक कुशल थापाले प्रतिक्रिया दिएका छन् ।