एन आर एन डेनमार्कको अधिवेशन नजिकिंदै, निर्वाचन समिति सक्रिय ।


कोपनहेगन । एन आर एन डेनमार्कको अधिवेशन यहि ११ सेप्टेम्बर सोमबार हुने भएको छ । प्रत्येक दुइ दुइ वर्षमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गर्दछ । अब सम्पन्न हुन लागेको अधिवेशन पाँचौं अधिवेशन हुनेछ । अधिवेशन सम्पन्न गर्नको लागि एन आर एन डेनमार्कका पुर्व अध्यक्ष मोहन राज मिश्रको संयोजकत्वमा बनेको निर्वाचन समिति हाल सक्रिय रुपमा लागिसकेको छ ।

केन्द्रको आव्हान अरुरूप सेप्टेम्बर १५ भित्रै अधिवेशन सम्पन्न गरी केन्द्रलाई जानकारी दिने प्रावधान रहेको छ । अधिवेशनको तयारी भैरहेको र सकेसम्म सहमतीमै नयाँ नेतृत्व सहित नयाँ कार्यसमिति चयन गर्ने जिम्मेवारी पनि रहेकोले त्यसतर्फ आँफु पहल गरिरहेको एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले बताए । ठुलो संस्था भएकोले आकांक्षी पनि स्वाभाविक रुपमा धेरै हुने भएकोले त्यसको व्यवस्थापन गर्ने चुनौती पनि रहेको उनले बताए ।

महासचीव गोविन्द पौडेलले दिएको जानकारी अनुसार केन्द्रले तोकेको प्रतिनिधीको उपस्थितिमा अधिवेशन सम्पन्न हुनेछ ।

निर्वाचन समिति बने पश्चात कदमकदाचीत निर्वाचन मार्फत नेतृत्व चुनिने अवस्था आएको खण्डमा त्यसलाइ सम्बोधन गर्दै अनलाइन भोटिंगको व्यवस्था गर्ने गरी कार्य थालनी गरेको निर्वाचन समिति संयोजक मोहन राज मिश्रले बताए ।

निर्वाचन समिति कार्यतालीका बनाएर कार्य गरिरहेको छ । निर्वाचन समितिको लागि सहमतीको प्रयास गर्ने जिम्मेवारी पनि उत्तिकै रहेको छ । अघिल्लो पटक पनि अध्यक्षका लागि अनलाइन भोटिंग भएको थियो जसमा हेम प्रसाद अर्याललाई पराजीत गर्दै दिपेन्द्र चुडाल अध्यक्षमा विजयी बनेका थिए ।