अनलाईन मिडियाहरु विश्वसनीय हुन जरूरी छ :-एनआरएनए अध्यक्ष शेष घले


जर्मनी /गैर आबासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेले अनलाईन मिडियाहरु विश्वसनीय हुन जरुरी रहेको बताएका छन्। अनलाईन मिडियाहरु खुल्ने क्रम निकै बढिहेको बेला अध्यक्ष घलेले विश्वसनीयतामा जोड दिएका हुन्। नेपालीनेपालीडटकमको हालै जर्मनीमा सम्पन्न तेस्रो बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रबासमा नेपाली मिडियाहरुले खेलेको भूमिकाको प्रशंसा समेत गरे। घलेले नेपालीनेपाली डटकमलाई युरोपमा लोकप्रिय बन्दै गएको भन्दै शुभकामाना समेत ब्यक्त गरेका छन्। हेर्नुहोस् अध्यक्ष घलेले राखेको शुभकामना भिडियो।