बैंक चोर’ छोडेपछि कपिल शर्मा चर्चामा


 

यशराज ब्यानरको चलचित्र ‘बैंक चोर’ छोडेपछि चर्चित कमेडियन कपिल शर्मा चर्चामा छन् ।

यशराजको फिल्म गर्न कलाकारहरु पछि लाग्छन् । तर कपिलले भने आफ्नो चर्चित शो ‘कमेडी नाइट्स विथ कपिल’का कारण जनाउँदै यशराजको सिनेमा गर्न नसकेको जनाएका छन् । कपिलले भनेका छन्-’ केही सिनेमा गर्दैमा म ठूलो मानिस हुने होइन । मेरो शो सिनेमा भन्दा पनि ठूलो छ ।’

उनले आफ्नो शो हेरेर बीएम डब्लू कार वा अटो रिक्सा चढ्ने, जो कोहिले पनि रमाइलो लिने दाबी गरे । उनले यशराजको फिल्म छोड्ने आफू एक मात्र कलाकार भएको दाबी गरेका छन् । यशराजको सिनेमा गर्दा आफूले केही सयम बिदा लिनु पर्ने भएकाले च्यानलले नदिएको उनको भनाई छ