किकले गर्‍यो चौथो ठूलो कमाई


मुम्बई –

सलमान खानको फिल्म किकले पहिलो दिन २६.४० करोड भारुको व्यापार गरेको छ। पहिलो दिनको व्यापारका आधारमा चौथो ठूलो कमाई हो।

सलमान अभिनित यो सिनेमाले साहरुख खानको ‘चेन्नइ एक्सप्रेस’को रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको थियो । तर साहरुखको चेन्नई एक्सप्रेसले शुक्रबार ३३.१२ करोडको व्यापार गरेको थियो ।

‘किक’ले नेपाली बक्स अफिसमा ६० लाखको कलेक्शन गरेको छ फिल्ममा सलमानका अतिरिक्त ज्याकलिन फर्नान्डेज, नवाजुद्दिन सिद्धिकी र रणदिप होडालगायत कलाकार छन्।

बिदाको दिन नपारी मुस्लिमहरूको महान चाड इदभन्दा अगाडि रिलिज गरिएको एक्सनप्रधान फिल्म किकले स्वदेशमा गरेको कमाई ऐतिहासिक भएको भारतीय फिल्म समीक्षक एवं व्यापार विश्लेषक तरुण आदर्शले जनाएका छन्।

रमदान चलिरहेका बेला किकले पहिलो दिन गरेको आम्दानीलाई हिन्दी फिल्मका अर्का व्यापार विश्लेषक कोमल नहटाले उत्कृष्ट भनेका छन्। ‘रमदानमा इदको जस्तो सुरुवात’ उनको टिप्पणी छ। भारतबाहिर किकले अमेरिका–क्यानाडामा पहिलो दिन २.०४ करोड भारु र दुबईमा १.६३ करोड भारु कमाएको छ।f