एनआरएनए स्पेनको सूचना


मुलुकमा केहि दिन यता परिरहेको अविरल बर्षाका कारण आएको बाढी तथा पहिरोका कारण ठुलो  जनधनको क्षति हुन गएको छ। यस प्राकृतिक प्रकोपबाट हुन गएको क्षति प्रति गहिरो दु:ख ब्यक्त गर्दै मृतात्माको  चिरशान्तिको कामना गर्दछौ। साथै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना र बाढी र पहिरोमा परि वेपत्ताहरूको यथा शिघ्र खोजीकार्य गरियोस र राज्यवाट जतिसक्दो राहत र उद्धारका कामहरूमा तत्परताका साथ लागियोस भन्ने माग समेत गर्दछौ।

साथै यस विपतको घडीमा सबैमा धैर्यधारण गर्ने शक्ति रहोस् भन्ने कामना गर्दै गैर आवासीय नेपाली संघ, स्पेनले यो विपतमा सहयोग जुटाउनका लागी स्पेन स्थित सम्पूर्ण राजनैतिक, जातिय,क्षेत्रीय संघ संस्थाहरू, महिला, युवा, नेपाली पाठशाला ,कलाकार,क्षेत्रीय समितिहरू, एन.आर.एन.ए., स्पेनका संस्थापक तथा अभियन्ताहरू, पत्रकार लगायत सम्पूर्णमा हातेमालो गर्दै सहकार्य गर्न समेत अाब्हान गर्दछौ। यसै विषयमा छलफल र निर्णयहरू गर्नका लागि १४ अगष्ट २०१७  विहान ११:०० बजे एनआरएन स्पेनको कार्यालयमा उपस्थित भइदिनुहुन यसै सुचना द्वारा गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन हार्दिक अनुरोध गर्दछ।

कृष्णप्रसाद  भुसाल

महासचिव,एनआरएनए स्पेन