तायमचाः नृत्य प्रतियोगितामा भीमसेनटोल प्रथम


पोखरा – पोखरामा भएको तायमचाः नृत्य प्रतियोगितामा भीमसेनटोल तायमचा नाच समिति प्रथम भएको छ । नेवा खलः कास्कीको आह्वान तथा रामबजार तायमचाः नाच समिति, रामबजार नेवा मिसाः पुच र रामबजार ल्याम्ह पुचको संयुक्त आयोजनामा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० र १५ मा पर्ने रामबजारमा शुक्रबार र शनिबार भएको प्रतिष्पर्धामा भीमसेनटोल प्रथम भएको हो । प्रथम हुने भीमसेनटोलले नगद ३५ हजार १ सय ३५, खिङ बाजा र प्रमाणपत्र प्राप्त ग-यो ।

दुई दिनसम्म भएको प्रतियोगितामा भैरवटोल तायमचाः नाच समिति द्वितीय हुँदै २१ हजार १ सय २१, ख्याली र प्रमाणपत्र प्राप्त ग¥यो भने मोहरियाटोल तायमचाः नाच समितिले तृतीय हुँदै १२ हजार १ सय १२, एकजोडी ताः र प्रमाणपत्र प्राप्त गरेको आयोजक रामबजार नेवा कचाः खलका अध्यक्ष सम्मरबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा वागबजार तायमचा नाच समितिले सान्त्वना स्थान प्राप्त ग¥यो । सान्त्वना स्थान प्राप्त गर्ने वागबजारलाई नगद ५ हजार ५ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैगरी प्रतियोगितामा पहिलोपटक सहभागि हेमजा तायमचाः नाच समितिलाई प्रोत्साहन पुरस्कार स्वरुप नगद ५ हजार ५ सहित प्रमाणपत्र प्रदान गरिएको श्रेष्ठले बताए । प्रतियोगितामा नयाँबजार तायमचाः नाच समितिले उत्कृष्ट वाद्यवादन, घारीपाटन तायमचाः नाच समितिले उत्कृष्ट भेषभुषा, गौंडाकोमुख तायमचाः नाच समितिले उत्कृष्ट जोकर र प्रथम भएको भीमसेनटोल तायमचाः नाच समितिले उत्कृष्ट ख्यालीको उपाधि जित्यो ।

प्रतियोगिता शनिबार अबेर राती सम्पन्न भएपनि आईतबार अपराह्न मात्र नतिजा सुनाइएको हो । कार्यक्रमको सञ्चालन नेवा पत्रकार पुचः कास्कीका महासचिव अनिशा श्रेष्ठ र मिस नेवा पोखराकी प्रतिष्पर्धी सारा बजिमयले गरेका थिए ।