मिस्टर एण्ड मिस कास्कीको सहयोग


राजाराम पौडेल,पोखरा – पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि सो मिस्टर एण्ड मिस कास्की २०१७ का प्रतियोगीले नमस्ते चायल्ड केयर सेन्टरमा सहयोग गरेका छन् । उनीहरुले लेकसाइडमा रहेको उक्त चायल्ड केयर सेन्टरमा रहेका बालबालिकालाई खेलकुद सामाग्री, स्टेशनरी सामाग्री, फलफुल र खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् ।

प्रतियोगीलाई सामाजिक उत्तरदायित्व बहन गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको थियो । सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा विपुल राज गौतम र सजिना आचार्यको विशेष सहयोग रहेको थियो ।

मिस्टर एण्ड मिस २०१७ का प्रतियोगीहरुले हरेक हप्ता हुने ट्यालेन्ट राउण्ड मार्फत आफुमा निखारता प्रदान गरिरहेका छन् । उनीहरुमा निखारता प्रदान गर्न आयोजकले विभिन्न तालिम, अवलोकन भम्रण लगायतका कार्यक्रम गरिरहेको छ ।

ब्ल्यु रे प्रोडक्सनको आयोजीत हुने प्रतियोगीताको उपाधिका लागि ८ युवा र १० युवतीकाबिच प्रतिष्पर्धा हुनेछ । प्रतियोगीहरुको ग्राण्ड फिनाले आगामी भाद्र १३ गते पोखरामा भव्य कार्यक्रमका बिच हुने कार्यक्रम संयोजक शंकर थापाले बताए । प्रतियोगीताका लागि अडिसन मार्फत ४५ जना युवायुवती छनोट भएका थिए ।