स्पेनको प्रहरीले दोस्रो हमला हुनबाट जोगायो


स्पेनको प्रहरीले संभावित दोस्रो अताङककारी हमलाबाट जोगाएको छ। प्रहरी कारवाहीमा गोलीप्रहार भएको र पाँचजना संदिग्ध आतंककारीहरु मारिएको अधिकारीहरुले बताएका छन्। संदिग्ध आतंककारीहरुले आत्मघाती जस्तो देखिने पेटि बाँधेको अधिकारीहरुले बताएका छन्।

क्याटलोनियाको क्षेत्रीय सरकारले आक्रमणकारीहरुले पैदलयात्रुमाथि कार जोताउन खोजेपछि क्याम्ब्रिल्समा प्रहरीले गोली प्रहार गरेको बताएको छ।सातजना घाइते भएका थिए।