ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन सरकारी निकायले अनुगमन गर्ने गरेको भए पनि यसको उपलब्धि भने शून्य रहने गरेको छ । अर्बौं खर्चिएर सरकारी निकायहरुले अनुगमन गरे पनि उपलब्धि हात लाग्यो शून्य हुँदै आइरहेको आजको पत्रपत्रिकाहरुले लेखेका छन् ।

पत्रपत्रिकाहरुले आज पनि बाढीपीडितका कथाहरुलाई स्थान दिएर छापेका छन् । राहत नपुग्दा बाढीपीडित मानवीय संकटको सामना गरिरहेको खबर पत्रिकाहरुमा पढ्न पाइन्छ ।

 

तीन दल र निर्वाचन आयोगबीच भएको छलफल, शिक्षा ऐन संशोधनको तयारीलगायत विषयलाई पनि पत्रपत्रिकाहरुले उत्तिकै प्राथमिकतामा राखेका छन् ।