दिदि भाइले सामुहिक रुपमा मनाए तीज


राजाराम पौडेल, पोखरा- लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले तीज विशेष कार्यक्रम आयोजना गरेको छ । नारीहरुको महान् पर्व तीजको अवसरमा क्लवले दिदि क्लवलाई निमन्त्रणा गरी तीज फेलोशिप कार्यक्रम गरेको हो । लायन्स क्लव अफ डिष्ट्रिक ३२५ बि १ को फस्ट लेडी पुष््पा कुमारी आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले नेपालको भड्कीलो रुपमा तीजलाई नमनाई एक आपसमा शुभकामना आदानप्रदान गरेर मनाउनुपर्नेमा जोड दिइन् । तीजका गीत मार्फत नारीहरुका पिडा व्यथा बाहिर आउने गरेको भनाइ उनको थियो । तीज पर्वमा पछिल्लो क्रममा आएको विकृति विसंगती प्रति उनको चिन्ता थियो । लायन्स क्लवले सामुहिक रुपमा तीज पर्व मनाउदै परिवारका सदस्यसँग साक्षात्कार गराउनु सह्रायिन कार्य रहेको भनाई उनले राखिन् ।

लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष पुरुषोत्तमराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयर पर्सन सैलेन्द्र मोहन भट्टराई, जिएमटि कोर्डिनेटर सुदिपराज ढुङ्गाना, जोन चेयर पर्सनद्धय अशोक बराल र वसन्त गिरी, लायन्स क्लव अफ पोखरा सिजर्ना चौतारीका अध्यक्ष कलाधर बाँस्तोला, लायन्स क्लव अफ फेवा वेगनास चौतारीका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक कल्चर एण्ड कम्यूनिटी मोविलाईजेशन कमिटी मेम्वर सन्तोष घिमिरे, प्रथम उपाध्यक्ष ऋषिराम भण्डारी, द्धितिय उपाध्यक्ष विधान गौतम, सचिव शंकर पाण्डे, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक महेश्वर रिमाल, सह–सचिव केपी आचार्य,लायन्स क्लव अफ विरौटा साझा चौतारीको अध्यक्ष सिता पहारी लगायतले तीज पर्वलाई भड्कीलो नबनाई आफ्नो क्षमता अनुसार मनाउन आग्रह गरेका थिए । तीज पर्वको मौलीकताहराउन नदिन आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

कार्यक्रममा उपस्थित दिदीवहिनीलाई दर खुवाएर तीज गीतमा छमछमी नचाइयो । कार्यक्रममा आयोजित मैत्रीपुर्ण तीज नृत्य प्रतियोगीतामा अमृता अधिकारी प्रथम, रेखादेवी पोख्रेल द्धितिय र रजनी कोइराला तृतिय बने । कार्यक्रममा समसामयिक विष्यवस्तुमा केन्द्रित रहेर सावित्रा पौडेलको प्रस्ुतत गरेको तीज गीतले सबैलाई भाबुक बनायो ।
कार्यक्रममा लायन्स क्लव अफ फेवा वेगनास चौतारीको दिदि क्लव लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीका दिदिहरुको सहभागीता र प्रस्तुतीले दुई क्लबका बिचको आत्मियतामा झनै वृद्धि भएको संस्थापक अध्यक्ष सन्तोष घिमिरेले प्रतिक्रिया दिए ।
लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारी र लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीले गत वर्षको तिहारमा दिदिभाई क्लवको सम्बन्ध गाँसेका थिए ।