एनआरएनए अध्यक्ष घलेको टोली, बाढी प्रभावित क्षेत्र सप्तरीमा


सप्तरी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले सप्तरीको बाढीपीडितको अवस्थाबारे जानकारी लिएका छन् । संघका अध्यक्ष शेष घलेको नेतृत्वमा आएको टोलीले जिल्लाका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेसँग भेटघाट गरी बाढीपीडितको अवस्थाबारे जानकारी लिएका हुन् । एनआरएनएका पदाधिकारीहरुले जिल्लामा बाढीले पुर्‍याएको क्षति, मानवीय क्षति, तत्काल बितरण गर्नुपर्ने राहतका सामग्री सहितका बिषयमा जिज्ञासा राखेका थिए ।

भेटमा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लामा बाढीले पुर्‍याएको अपुरणीय क्षतिको बिषयमा जानकारी दिदैं प्रारम्भिक तथ्यांकबारे जानकारी गराए । उनले जिल्लामा एक लाखभन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएको भन्दै यकिन तथ्यांक संकलनको काम भइरहेको बताए ।मुलुकमा बाढीको प्रकोप सुरु हुनासाथ गैरआवासीय नेपाली संघले आपतकालीन राहत कोष स्थापना गरी रकम संकलन अभियान सञ्चालन गरिसकेको छ ।