पोखरा लेडी जेसीजको ,अचार बनाउने तालिम सम्पन्न


पोखरा, १० साउन

पोखरा लेडी जेसीजले वर्ष २०१४ को जेसीज सप्ताहान्त (जेसीज विकइन्ड) कार्यक्रम अन्तरगत शनिबार पोखरामा व्यवसायिक अचार बनाउने तालिमको आयोजना गरिइएको छ ।
महिलालाई आत्मनिर्भर र व्यवसायिक बनाउन उद्देश्यले सप्ताहान्तको दोस्रो दिन शनिबार व्यवसायिक अचार बनाउने तालिमको आयोजना गरिइएको कार्यक्रमको मुल संयोजक जोर्जीना भट्टराईले बताउनुभयो ।

‘‘परिवर्तनका संवाहक महिला’’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा महिला उद्यमी मिना पराजुलीले सिपले नै महिलालाई सक्षम र आत्मनिर्भर बनाउने हुदाँ सिप सिक्न सबैलाई आग्रह गर्नुभयो । विन्ध्यवासिनी अचार उद्योग तथा फलफुल प्रशोधन प्रालिका सञ्चालक समेत रहनुभएका पराजुलीले पोखरा लेडी जेसीजले आयोजना गरेको यो तालिम प्रशंसनिय भएको बताउननुभयो ।

त्यस्तै टोल विकास संस्था वडा नं. ९ का अध्यक्ष उत्तम जोशीले पोखरा लेडी जेसीजले गरेको यो अचार बनाउने तालिम सान्दर्भीक भएको बताउँदै यस्ता कार्यक्रम वडा वडा सम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो

कार्यक्रममा पोखरा लेडी जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष संगीता पौडेल, प्रशिक्षार्थीद्दय रामघाट आमा समुहका जानुका अधिकारी, गौतक बुद्ध आमा समुहका माया खत्री लगायतले बोल्नुभएको थियो ।

पोखरा लेडी जेसीजका अध्यक्ष जेसी लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जेसी प्रमिला सुवेदीले र स्वागत मन्तव्य जेसी पार्वती पाण्डेले राख्नुभएको थियो ।

विभिन्न आमा समुह र टोल विकास संस्थाका ७० जना महिलाहरुको सहभागीता रहेको तालिमको सहजीकरण मिना पराजुली र विष्णु पराजुलीले गर्नुभएको थियो । कार्यक्रमको जेसी पार्वती पाण्डेले संयोजन गर्नुभएको थियो ।

यसैबिच जेसीज सप्ताहान्तको अन्तिम दिन भोलि आइतबार दिउँसो २ बजे होटल ल्याण्डमार्क पोखरामा वास्तुशास्त्र ज्ञान कार्यक्रमका साथै सप्ताहान्तको समापन गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ । उक्त कार्यक्रमको संयोजन जेसी विनिता सापकोटा र जेसी रेनु थापाले गर्नुहुनेछ ।